Wednesday, 23 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

वीमा रकम वितरण : निर्धन उत्थान लघुवित्त पालुङ शाखाको सामाजिक उत्तरदायित्व

FB_IMG_1773722419866-1773722608.jpg

मकवानपुर — निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, पालुङ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वीमा क्षतिपूर्ति रकम वितरण गरेको छ।
मकवानपुर जिल्लाको थाहा नगरपालिका–५ खर्कस्थित खर्क महिला समाजकी सदस्य स्वर्गीय मनमाया घिसिङको असामयिक निधनपछि, संस्थाले कर्जा वीमा बापत रु. ५ लाख ८५ हजार रकम उनका श्रीमान राजकुमार घिसिङलाई चेकमार्फत हस्तान्तरण गरेको हो।
कार्यक्रम थाहा नगरपालिकाका वडा अध्यक्ष विष्णु बहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सो अवसरमा उनले ग्रामीण क्षेत्रमा लघुवित्त संस्थाले समाज परिवर्तन तथा ग्रामीण जीवनस्तर उकास्न खेलेको भूमिकाबारे धारणा व्यक्त गरेका थिए।
शाखा प्रमुख वीरबहादुर लामा तामाङले वीमा क्षतिपूर्ति सम्बन्धी जानकारी गराउँदै सदस्यहरूलाई यस्ता सेवाबाट लाभ लिन आग्रह गरे। कार्यक्रमको सञ्चालन शाखाका लेखापाल नवराज भट्टराईले गरेका थिए।
निर्धन उत्थान लघुवित्तले विपन्न वर्गलाई लक्षित गर्दै वित्तीय सेवा प्रदान गर्दै आएको छ भने यस्ता वीमा कार्यक्रममार्फत सदस्यहरूको आर्थिक सुरक्षामा टेवा पुर्‍याउँदै आएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...

प्राथमिक स्वास्थ्य केन्द्रलाई लायन्स क्लब अफ पिस थाहाको दुई पानी ट्याङ्की सहयोग
FB_IMG_1789969780068-1789969818.jpg

थाहा । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एमको सहयोगमा लायन्स क्लब अफ पिस थाहाले प्राथमिक स्वास्थ्य केन्द्रलाई...

यताउति नहेरौँ, पेट्रोल पम्प अगाडि जाऔँ’—बजाजको झ्याम्मै एक्सचेन्ज अफर सुरु
1789877142284-1789877166.jpg

थाहा नगरपालिका–४ थानाबजारमा बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ’ एक्सचेन्ज मेला...

सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीदेखि खेलकुद सामग्रीसम्म सहयोग
20260918_160533-1789739610.jpg

  थाहा–२ अंगारे । थाहा नगरपालिका–२ स्थित सरस्वती आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक...

पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...