pani-1786865868.jpg
Tuesday, 06 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

वीमा रकम वितरण : निर्धन उत्थान लघुवित्त पालुङ शाखाको सामाजिक उत्तरदायित्व

FB_IMG_1773722419866-1773722608.jpg

मकवानपुर — निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, पालुङ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वीमा क्षतिपूर्ति रकम वितरण गरेको छ।
मकवानपुर जिल्लाको थाहा नगरपालिका–५ खर्कस्थित खर्क महिला समाजकी सदस्य स्वर्गीय मनमाया घिसिङको असामयिक निधनपछि, संस्थाले कर्जा वीमा बापत रु. ५ लाख ८५ हजार रकम उनका श्रीमान राजकुमार घिसिङलाई चेकमार्फत हस्तान्तरण गरेको हो।
कार्यक्रम थाहा नगरपालिकाका वडा अध्यक्ष विष्णु बहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सो अवसरमा उनले ग्रामीण क्षेत्रमा लघुवित्त संस्थाले समाज परिवर्तन तथा ग्रामीण जीवनस्तर उकास्न खेलेको भूमिकाबारे धारणा व्यक्त गरेका थिए।
शाखा प्रमुख वीरबहादुर लामा तामाङले वीमा क्षतिपूर्ति सम्बन्धी जानकारी गराउँदै सदस्यहरूलाई यस्ता सेवाबाट लाभ लिन आग्रह गरे। कार्यक्रमको सञ्चालन शाखाका लेखापाल नवराज भट्टराईले गरेका थिए।
निर्धन उत्थान लघुवित्तले विपन्न वर्गलाई लक्षित गर्दै वित्तीय सेवा प्रदान गर्दै आएको छ भने यस्ता वीमा कार्यक्रममार्फत सदस्यहरूको आर्थिक सुरक्षामा टेवा पुर्‍याउँदै आएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...