Thursday, 15 Jan, 2026
nagar-shubha-1759206951.jpg

आर्थिक खबर

नेपाल बैंक पालुङ शाखामा एटीएम सेवा सुचारु

20251218_173634-1766060907.jpg

थाहा नगरपालिका–४ थानाबजारस्थित नेपाल बैंक पालुङ शाखामा आज पौष ३ गतेदेखि एटीएम सेवा सुचारु भएको छ। बैंकको हाताभित्र स्थापना गरिएको एटीएम ग्राहकहरूको मागलाई ध्यानमा राखी सञ्चालनमा ल्याइएको शाखा प्रबन्धक अनुराग थापाले जानकारी दिनुभयो।
२४ सै घण्टा सञ्चालन हुने यस एटीएम सेवाबाट थाहा नगरपालिका क्षेत्रका स्थानीयवासीका साथै यहाँ घुम्न आउने सेवाग्राहीहरूलाई समेत सहज हुने अपेक्षा गरिएको छ। विशेष गरी मालपोत कार्यालयमा जग्गा कारोबार गर्ने सेवाग्राहीहरूका लागि नगद झिक्न सजिलो हुने बैंकले जनाएको छ।
एटीएममार्फत एकपटकमा अधिकतम २० हजार रुपैयाँ र एक दिनमा ५० हजार रुपैयाँसम्म रकम झिक्न सकिने व्यवस्था गरिएको छ। यसअघि एटीएम सेवा नहुँदा सेवाग्राहीहरूले भोग्दै आएको असहजता अब अन्त्य हुने विश्वास लिइएको छ।
स्थानीय स्तरमै एटीएम सेवा उपलब्ध भएपछि बैंकिङ सेवा अझ प्रभावकारी र जनमैत्री बन्ने अपेक्षा गरिएको छ।

20251218_173705-1766060908.jpg

world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
थाहा नगरपालिकाको १९ औं नगरसभा सम्पन्न
FB_IMG_1768404470682-1768404507.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं अधिवेशनले चालु आर्थिक वर्षको हालसम्मको प्रगती समीक्षात्मक प्रतिवेदन बहुमतले...

सुखी भविष्य बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न
20260113_123644-1768290635.jpg

थाहा नगरपालिका–शिखरकोटस्थित विकास घरमा सुखी भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा...

शिखरकोटमा पृथ्वीनारायण शाहको ३०४ औं जन्म जयन्ती र एकता दिवस मनाइयो
FB_IMG_1768144032739-1768144741.jpg

थाहा नगर, शिखरकोट, पौष २७ – राप्रपा थाहा नगर कमिटी र राप्रपा मकवानपुर प्रदेश (क)को आयोजनामा शिखरकोट स्थित कृष्ण...

लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768138703028-1768138720.jpg

थाहा नगरपालिका वडा नं. १, ओखरबजारमा २०५९ जेठ २ गते स्थापना भएको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको...

बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768136296400-1768136314.jpg

थाहा नगरपालिकाको वडा नं. ३ मा स्थित बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
1768134003232-1768134032.jpg

थाहा नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक...

थाहा नगरपालिकाको हिउँदे अधिवेशन पौष ३० गते हुने
FB_IMG_1743852711198-1768056769.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं नगर सभा (हिउँदे अधिवेशन) ३० पुसमा हुने भएको छ । नगरपालिकाले सभा सदस्यहरुलाई सभा...

प्रलोपाका नेता सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवार
InShot_20260110_181123878-1768048179.jpg

मकवानपुर । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य...

थाहा दिवस २०८२: बिडारीलाई थाहा पत्रकारिता पुरस्कार, सानोभाई कार्कीलाई तिर्थदास सामाजिक सम्मान
InShot_20260110_133549017-1768031480.jpg

थाहा आन्दोलनका प्रणेता स्वर्गीय रुपचन्द्र बिष्ट (रुदाने) को ९२औँ जन्मजयन्तिको अवसरमा थाहा नगरपालिकामा विविध...