pani-1786865868.jpg
Sunday, 18 Oct, 2026
worldlink1-1789963258.gif

थाहा नगर

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
थाहा–२ अंगारेका कार्की परिवारको मठमन्दिर संरक्षणमा ऐतिहासिक योगदान, विभिन्न मन्दिरमा मूर्ति, घण्ट र पित्तलका पाता स्थापना

Untitled-1792301917.jpg
मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण, पुनर्निर्माण तथा सौन्दर्य अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई पारिवारिक परम्पराका रूपमा निरन्तरता दिँदै आएका कार्कीले विभिन्न मन्दिरमा देवीदेवताका मूर्ति स्थापना, घण्ट तथा पित्तलका पाता चढाउनेदेखि मन्दिर पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।
कार्की परिवारको धार्मिक योगदानको इतिहास करिब एक शताब्दी पुरानो छ। विसं १९९२ मा उनका पुर्खा मेहर सिंह कार्कीले पाण्डुकेश्वर महादेव मन्दिरमा बसाहको मूर्ति चढाएर सुरु गरेको धार्मिक योगदानको परम्परालाई नाति माधव कार्कीले निरन्तरता दिइरहेका छन्। बाजे गम्भीर सिंह कार्कीका सन्तान जसिमन्त र शिवहरीको पुस्तासँग जोडिएको यस परिवारले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा लामो समयदेखि योगदान दिँदै आएको छ।
पाण्डुकेश्वर महादेव मन्दिरमा उल्लेखनीय योगदान
थाहा नगरपालिकाको धार्मिक आस्थाको केन्द्र तथा चौसट्ठी ज्योतिर्लिङ्गका रूपमा परिचित पाण्डुकेश्वर महादेव मन्दिरमा कार्की परिवारले विभिन्न देवीदेवताका मूर्ति स्थापना गरेको छ। परिवारले मन्दिर परिसरमा नवदुर्गाका मूर्तिसहित भगवान् विष्णुका दश अवतारका शिलाका मूर्तिसमेत प्रतिस्थापन गरेको हो।
त्यसैगरी, मन्दिरको उत्तरतर्फ रहेको लामो पर्खालमा २१ वटा देवीदेवताका मूर्ति स्थापना गरिएको छ। माधव कार्कीसहित परिवारले मन्दिरमा सालिक, विभिन्न मूर्ति तथा घण्ट चढाएर धार्मिक स्थलको महत्त्व र सौन्दर्य बढाउन योगदान पुर्‍याएका छन्।
इन्द्रायणी मन्दिरमा मूर्तिदेखि पित्तलको पातासम्म
पालुङस्थित इन्द्रायणी माईको मन्दिरमा पनि कार्की परिवारको योगदान उल्लेखनीय छ। परिवारले यसअघि इन्द्रायणी देवीको वाहन सिंहको मूर्ति तथा मन्दिरको द्वारपालका रूपमा रहने ऐरावत हात्तीको मूर्ति स्थापना गरिसकेको छ।
हालै युवा समाजसेवी माधव कार्कीले मन्दिरभित्र पित्तलको पाता चढाएका छन्। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र मन्दिरको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले उनले उक्त कार्य गरेका हुन्।
मन्दिरको माथिल्लो भागमा रहेको करिब २० मिटर लामो ढुंगाको नागको आकृतिलाई समेत धातुले निर्माण तथा आवरण गर्ने प्रतिबद्धता कार्कीले व्यक्त गरेका छन्।
सेती गणेशदेखि कुलघर निर्माणसम्म
कार्कीले थाहा–३ गोपाली गाउँस्थित श्री सेती गणेश मन्दिरमा समेत पित्तलको पाता चढाएका छन्। यसका अतिरिक्त थाहा–२ अंगारेमा कार्की कुलघर निर्माणमा पनि उनले महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।
फाँटबजारस्थित पाथिभरा देवीको मन्दिर पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धतासमेत उनले जनाएका छन्। यसले धार्मिक आस्थाका केन्द्रहरूको संरक्षणसँगै स्थानीय कला, संस्कृति र परम्पराको निरन्तरतामा उनको चासो देखाउँछ।
धार्मिक सम्पदा संरक्षणमा पुस्तान्तरण
पुर्खाले सुरु गरेको धार्मिक सेवाको परम्परालाई नयाँ पुस्ताले निरन्तरता दिनु समाजका लागि प्रेरणादायी उदाहरण हो। माधव कार्की र उनको परिवारले विभिन्न मन्दिरमा पुर्‍याएको योगदानले धार्मिक स्थलको संरक्षण, सांस्कृतिक पहिचानको जगेर्ना र स्थानीय सम्पदाको सौन्दर्य अभिवृद्धिमा सहयोग पुर्‍याएको छ।
व्यक्तिगत तथा पारिवारिक पहलबाट मठमन्दिरको संरक्षणमा गरिएको यस्तो योगदानले स्थानीय समुदायमा धार्मिक सम्पदाप्रतिको अपनत्व बढाउनसमेत मद्दत पुग्ने अपेक्षा गरिएको छ।
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg