pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीदेखि खेलकुद सामग्रीसम्म सहयोग

20260918_160533-1789739610.jpg

थाहा–२ अंगारे । थाहा नगरपालिका–२ स्थित सरस्वती आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोसाक वितरण गरिएको छ। काठमाडौं अरुम लेडिज सर्कल–११ र काठमाडौं अरुम लेडिज सर्कल–९ को सहयोगमा विद्यार्थीलाई शैक्षिक सामग्री र पोसाक तथा विद्यालयलाई खेलकुद सामग्री प्रदान गरिएको हो।
कार्यक्रम थाहा–२ अंगारेका युवा समाजसेवी तथा विद्यालयका पूर्वविद्यार्थी दीपक कार्कीको संयोजनमा सम्पन्न भएको हो। कार्यक्रममा सर्कलकी अध्यक्ष सालिनी शर्मा, कोषाध्यक्ष सुश्री अग्रवाल, युवा समाजसेवी दीपक कार्की, राजेन्द्र कार्कीलगायतको उपस्थिति थियो।
काठमाडौं अरुम लेडिज सर्कलले यसअघि पनि सरस्वती आधारभूत विद्यालयलाई कम्प्युटर प्रदान गरेको थियो। विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले निरन्तर सहयोग गर्दै आएको सर्कलले जनाएको छ।
कार्यक्रममा आगामी दिनमा पनि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रधानको सभाध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा संस्थाका काशीराम शर्मा, कुशल शर्मा, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

20260918_160047-1789739611.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीदेखि खेलकुद सामग्रीसम्म सहयोग
20260918_160533-1789739610.jpg

थाहा–२ अंगारे । थाहा नगरपालिका–२ स्थित सरस्वती आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामग्री...

पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...