pani-1786865868.jpg
Saturday, 21 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

ऋषेश्वरमा १९ फिटको त्रिशूल अर्पण, मेलामा ७६ हजार रुपैयाँ भेटी संकलन

FB_IMG_1795180205308-1795180238.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा १९ फिट अग्लो त्रिशूल अर्पण गरिएको छ। जय दुर्गे काली सेवा केन्द्रले मन्दिरमा उक्त त्रिशूल अर्पण गरेको हो।
हरिबोधिनी एकादशी पर्वका अवसरमा मन्दिरमा लागेको भव्य मेलामा ७६ हजार रुपैयाँ भेटी संकलन भएको छ। निरज रायमाझीका अनुसार मेलामा भक्तजनबाट उक्त रकम भेटीस्वरूप संकलन भएको हो।
मेलामा थाहा नगरपालिका सहित मकवानपुर, धादिङ, चितवन, काठमाडौं, बारा, पर्सा, काभ्रे तथा तिब्बतबाट समेत हजारौँको संख्यामा श्रद्धालु भक्तजन सहभागी भएका थिए।
मेलाको अवसरमा मन्दिर परिसरमा बाबियोको डोरीमा फूलपाती राखेर ‘फूल तार्ने’ परम्पराले समेत विशेष आकर्षण थपेको थियो। ऋषेश्वर महादेवको दर्शन गरे मनले चिताएको इच्छा पूरा हुने तथा सन्तान प्राप्तिको कामना पूरा हुने धार्मिक विश्वासका कारण यहाँ टाढाटाढाबाट भक्तजन आउने गरेका छन्।
धार्मिक किंवदन्तीअनुसार पहराको बीचमा महादेवले त्रिशूल घोप्दा पानी निस्किएको विश्वास गरिन्छ। हिन्दु धर्मावलम्बीका आराध्यदेव ऋषेश्वर महादेवको मन्दिर रहेको यस क्षेत्रमा बौद्ध धर्मावलम्बीका गुरु रिम्पोछेले समेत तपस्या गरेको जनविश्वास छ।
हिन्दु र बौद्ध दुवै समुदायका भक्तजनको साझा आस्थाको केन्द्रका रूपमा रहेको ऋषेश्वर क्षेत्रले धार्मिक तथा पर्यटकीय महत्व बोकेको ऋषेश्वर क्षेत्र विकास समितिका अध्यक्ष विनोद लामाले जानकारी दिए।
प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको संगम रहेको ऋषेश्वर महादेव मन्दिरमा हरेक वर्ष हरिबोधिनी एकादशी र फागु पुर्णिमा तथा श्रावण महिनाको अवसरमा ठूलो मेला लाग्दै आएको छ।

FB_IMG_1795180220829-1795180239.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा १९ फिटको त्रिशूल अर्पण, मेलामा ७६ हजार रुपैयाँ भेटी संकलन
FB_IMG_1795180205308-1795180238.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा १९...

ऋषेश्वरमा ठूलो एकादशी मेलाको तयारी पूरा, माछामासु, मदिरा र जुवाजन्य खेलमा प्रतिबन्ध
FB_IMG_1795097044022-1795097058.jpg

कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीको अवसरमा प्रशिद्ध ऋषेश्वर स्थानमा लाग्ने मेलाको तयारी पूरा भएको छ...

थाहामा १५औँ राष्ट्रिय कर दिवस मनाइयो, कर शिक्षा र कर छुटबारे जानकारी
FB_IMG_1795096641026-1795096655.jpg

थाहा । ‘कर न्याय र सुशासन सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित १५औँ राष्ट्रिय कर दिवस २०८३...

किसिपिडीका १४ वर्षीया किशोरी हराइन्, खोजीका लागि परिवारको अपिल
FB_IMG_1795054167484_1-1795054213.jpg

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–किसिपिडीस्थित श्री जनकल्याण विद्यालय नजिकबाट १४ वर्षीया किशोरी...

थाहावासीलाई काठमाडौंका अस्पतालमा उपचार सहुलियत
AISelect_20261118_191003_-1795008614.jpg

मकवानपुरको थाहा नगरपालिकाबासीले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्।...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’
FB_IMG_1794908167086-1794908302.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा...

भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता
InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट...

थाहा–१० बिसिङ्खेलमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
InShot_20261114_201206317-1794666583.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलस्थित गणेशमान सिंह सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg