Tuesday, 17 Nov, 2026
worldlink1-1789963258.gif

राजनीति

भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन

FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो सांगठनिक विस्तार अभियानलाई तीव्रता दिएको छ । सोही अभियानअन्तर्गत आज २०८३ कार्तिक ३० गते भीमफेदी गाउँपालिका–२ स्थित पोखरीमा विशेष 'उज्यालो संवाद' कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागितामा सम्पन्न उक्त संवाद तथा भेलाले भीमफेदी–२, पोखरीमा पार्टीको ७ सदस्यीय टोल कमिटी गठन गरेको छ । नवगठित पोखरी टोल कमिटीको अध्यक्षमा टसी लामा र सचिवमा सुनिता घिसिङ चयन हुनुभएको छ । त्यस्तै, कमिटीका सदस्यहरूमा सिंहराम गोङ्बा, खेमराज घिसिङ, गणेश मुक्तान, आशाराम मुक्तान र सोमबहादुर घिसिङ सर्वसम्मत रूपमा चयन हुनुभएको पार्टीले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उज्यालो नेपाल पार्टीका भीमफेदी गाउँपालिका कमिटी अध्यक्ष आशिष असलामीले पार्टीको मूल एजेन्डा र विकासको स्पष्ट मार्गचित्र प्रस्तुत गर्नुभएको थियो । उहाँले सम्पूर्ण भीमफेदीबासीले कुलमान घिसिङको 'हरित क्रान्ति' को अवधारणालाई गहिराइका साथ बुझ्नुपर्नेमा जोड दिनुभयो । स्थानीय स्तरमा उपलब्ध जल, जमिन, जंगल, जडीबुटी र खनिजको समुचित सदुपयोग गरी त्यसैको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने कार्यक्रम नै हरित क्रान्ति भएको उल्लेख गर्दै अध्यक्ष अस्लामीले भन्नुभयो, "प्राकृतिक स्रोतको सही परिचालन नै भीमफेदीको मुहार फेर्ने र समृद्धि ल्याउने स्पष्ट मार्गचित्र हो ।"

कार्यक्रममा पार्टीका भीमफेदी गाउँपालिका कमिटी सल्लाहकार चन्द्र तितुङ, वडा नम्बर २ का संयोजक भीमलाल थोकर, गाउँपालिका कमिटी सचिवालय सदस्य राजीव परियार तथा वडा नम्बर ४ का संयोजक राजीव तामाङ लगायतका नेता तथा स्थानीयको उपस्थिति रहेको थियो ।

स्थानीय स्रोत र साधनको परिचालनमार्फत विकासको नयाँ लहर ल्याउने उद्देश्य बोकेको उज्यालो नेपाल पार्टीको यस सक्रियताले भीमफेदीबासीमाझ नयाँ उत्साह, विश्वास र सकारात्मक ऊर्जा सञ्चार गरेको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता
InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट...

थाहा–१० बिसिङ्खेलमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
InShot_20261114_201206317-1794666583.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलस्थित गणेशमान सिंह सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा...

इतिहास र पर्यटन जोड्दै थानकोट–चित्लाङ क्रसकन्ट्री दौड सम्पन्न, धर्म महर्जन बने विजेता
FB_IMG_1794664053593-1794664067.jpg

थाहा  ऐतिहासिक थानकोटदेखि पर्यटकीय गन्तव्य चित्लाङसम्म आयोजना गरिएको थानकोट–चित्लाङ १० माइल क्रसकन्ट्री...

न्हुलगाउँ T20 कपको फाइनलमा शिखर क्लब
FB_IMG_1794491726687-1794491749.jpg

थाहा–१०, न्हुलगाउँमा जारी थाहा नगरस्तरीय न्हुलगाउँ T20 कप क्रिकेट प्रतियोगितामा शिखर क्लब फाइनलमा प्रवेश गरेको...

चिसापानीगढीमा ७ सय मिटर तल खस्यो ईभी, १० जनाको घटनास्थलमै मृत्यु
FB_IMG_1794449950082-1794453158.jpg

हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी...

सुनाखरी पैदल मार्गमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन सुरु, अमेरिका, युरोप र अस्ट्रेलियाका २१ पर्यटकद्वारा भ्रमण
FB_IMG_1794448158994-1794448194.jpg

मकवानपुर। थाहा नगरपालिकाको चित्लाङदेखि सिमभञ्ज्याङसम्म फैलिएको सुनाखरी पैदल मार्गमा अन्तर्राष्ट्रिय...

नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg