pani-1786865868.jpg
Sunday, 08 Nov, 2026
worldlink1-1789963258.gif

खेल

नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार

FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधिका लागि एसआरजी आग्रा र हेटौँडा उपमहानगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ ।
आइतबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता तमु बहुउद्देश्यीय कृषि फार्मलाई ३–२ को सेटमा पराजित गर्दै एसआरजी आग्रा फाइनल प्रवेश गरेको हो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट तमुले २५–२० ले जितेको थियो । दोस्रो सेटमा ३०–२८ र तेस्रो सेटमा २५–१३ को जित निकाल्दै आग्राले खेलमा पुनरागमन गरेको थियो । चौथो सेटमा तमुले २५–१८ को जित निकाल्दै खेललाई पाँचौँ सेटमा पुर्‍याए पनि निर्णायक सेटमा आग्रा १५–७ ले विजयी हुँदै फाइनलमा पुग्न सफल भयो ।
त्यस्तै, दोस्रो सेमिफाइनलमा आयोजक बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानलाई ३–१ को सेटमा पराजित गर्दै हेटौँडा उपमहानगरपालिकाले फाइनलमा स्थान बनाएको छ । हेटौँडाले पहिलो सेट २५–१५ र दोस्रो सेट २५–१७ ले जितेको थियो । तेस्रो सेटमा आयोजकले २५–२३ को जित निकाले पनि चौथो सेटमा २५–१५ ले विजयी हुँदै हेटौँडा उपमहानगरपालिकाले उपाधि भिडन्तमा एसआरजी आग्रासँगको भेट पक्का गरेको हो ।
प्रतियोगितामा एसआरजी आग्राले मंगलेश्वर युवा क्लब, तमु बहुउद्देश्यीय कृषि फार्मले कुमारी युवा क्लब, आयोजकले क्रिएटिभ युवा क्लब र हेटौँडा उपमहानगरपालिकाले हिमचुली टोल विकास संस्थालाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका थिए ।
आयोजकका अनुसार प्रतियोगिताको फाइनल खेल कात्तिक २३ गते दिउँसो १२ बजे हुनेछ । मकवानपुरका १४ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ र उपविजेताले ५० हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, सेटर, डिफेन्डर, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ । सेमिफाइनल चरणपछिका खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg