pani-1786865868.jpg
Tuesday, 29 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा

FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल बिष्ट र रोशन गोपालीको जोडीले जितेको छ।
रोमाञ्चक फाइनल प्रतिस्पर्धामा सुनिल बिष्ट र नवीन रायमाझीको टिमलाई पराजित गर्दै बिमल–रोशनको जोडीले यस वर्षको उपाधि आफ्नो नाम गरेको हो।
विजेता टिमले नगद २१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेको सुनिल–नवीनको टिमले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो। सान्त्वना पुरस्कार सुवास–नारायण र इशाक/ नरेन्द्रको टिमले  नगद ६ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्यो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नरेन्द्र लामा ‘उत्कृष्ट खेलाडी’ घोषित भए। उनले नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी प्राप्त गरे।
१३ टोलीको सहभागिता रहेको प्रतियोगिताको आयोजना थाहा नगरपालिकाले गरेको थियो भने व्यवस्थापन थाहा नगर ब्याडमिन्टन संघले गरेको थियो। प्रतियोगिताको दोस्रो पुरस्कार च्वाइस नेपालले प्रायोजन गरेको थियो। त्यस्तै, सान्त्वना पुरस्कार पालुङ भ्याली हार्ट एकेडेमी र उत्कृष्ट खेलाडी पुरस्कार सिजनेवल फ्रुट एन्ड भेजिटेबल सप्लायर्सका सञ्चालक गणेश कार्कीले प्रायोजन गरेका थिए।
थाहा नगर ब्याडमिन्टन संघका उपाध्यक्ष इशाक केसीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तान प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा थाहा नगरपालिका वडा नं. ३ का अध्यक्ष तथा नगर प्रवक्ता हिरेन्द्रकुमार रायमाझी, खेलकुद विकास समितिका संयोजक अनिल लामिछाने, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख गोविन्द भण्डारीलगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताले नगरभित्र ब्याडमिन्टन खेलप्रतिको आकर्षण बढाउनुका साथै स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

FB_IMG_1782728817193-1782729060.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...