pani-1786865868.jpg
Saturday, 26 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बजार

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन

FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ’ एक्सचेन्ज कार्निभल ग्राहकको मागलाई ध्यानमा राख्दै तीन दिन थप गरिएको छ।
बजाजको आधिकारिक बिक्रेता होराइजन अटो प्रालि र एचएफएलको फाइनान्सियल सपोर्टमा असोज ४ गतेदेखि सुरु भएको एक्सचेन्ज कार्निभल अब असोज १३ गतेसम्म सञ्चालन हुने भएको हो। मेला थानाबजार पेट्रोल पम्प अगाडि रहेको लामा अटो एण्ड बाइक सर्भिस सेन्टरमा सञ्चालन भइरहेको छ।
‘अब न्यू खोज्ने यताउति नहेरौँ, सिधै थानाबजार पेट्रोल पम्प अगाडि जाऔँ’ भन्ने स्लोगनसहित सञ्चालन भइरहेको एक्सचेन्ज अफरमा पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्दा आकर्षक भ्यालुयसन उपलब्ध गराइने आयोजकले जनाएको छ।
अफरअन्तर्गत बजाजका विभिन्न मोडल खरिदमा नगद छुट, निःशुल्क एसेसरिज, सर्भिस शुल्कमा छुट तथा अन-द-स्पट फाइनान्स सुविधा उपलब्ध रहेको जनाइएको छ। फाइनान्स सुविधाका लागि ग्राहकले नागरिकता र सवारी चालक अनुमतिपत्र ल्याए पुग्ने बताइएको छ।
नगद वा फाइनान्स, दुवै माध्यमबाट मोटरसाइकल खरिद गर्ने ग्राहकले छुट तथा अफरको सुविधा पाउनेछन्। बजाजले नेपालमा पल्सर, एनएस, एन, एभेन्जर, डोमिनार, डिस्कभर र प्लाटिनालगायत विभिन्न मोडल बिक्री गर्दै आएको छ।
थानाबजार पुलको मुखमा रहेको बजाजको आधिकारिक सर्भिस सेन्टर लामा अटो एण्ड बाइक सर्भिस सेन्टर हाल पेट्रोल पम्प अगाडि सरेर सेवा सञ्चालन गरिरहेको सञ्चालक विष्णुकुमार गोलेले जानकारी दिए।
ग्राहकको उत्साह र मागलाई ध्यानमा राख्दै असोज १० गते सकिने भनिएको एक्सचेन्ज अफर थप तीन दिन बढाएर असोज १३ गतेसम्म पुर्‍याइएको गोलेले बताए।
पुरानो बाइक साट्ने सोचमा हुनुहुन्छ भने अवसर अझै बाँकी छ—यताउति नहेरौँ, थानाबजार पेट्रोल पम्प अगाडि जाऔँ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...

प्राथमिक स्वास्थ्य केन्द्रलाई लायन्स क्लब अफ पिस थाहाको दुई पानी ट्याङ्की सहयोग
FB_IMG_1789969780068-1789969818.jpg

थाहा । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एमको सहयोगमा लायन्स क्लब अफ पिस थाहाले प्राथमिक स्वास्थ्य केन्द्रलाई...