pani-1786865868.jpg
Tuesday, 03 Nov, 2026
worldlink1-1789963258.gif

खेल

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार

FB_IMG_1793422395897-1793716186.jpg

फोटो फाइल

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा ‘मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल प्रतियोगिता–२०८३’ सञ्चालन हुन लागेको हो।
प्रतियोगिताका खेलहरू २०८३ साल कात्तिक २० गतेदेखि २३ गतेसम्म थाहा नगरपालिकास्थित फाँटबजारको भलिबल चौरमा सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टिमले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद १ लाख १ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै, द्वितीय हुने टिमले शिल्ड, मेडल र प्रमाणपत्रसहित ५० हजार ५५५ रुपैयाँ पुरस्कार पाउनेछ। पुरस्कार वितरणका क्रममा प्रचलित सरकारी नियमअनुसार कर कट्टी गरिने आयोजकले स्पष्ट पारेको छ।
प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन विभिन्न विधामा समेत पुरस्कारको व्यवस्था गरिएको छ। सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, सेटर, डिफेन्डर, उदयमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षकलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ। यस्तै, सेमिफाइनलपछिका खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द म्याच’बाट सम्मान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघ (FIVB) को नियमअनुसार सञ्चालन हुनेछ। प्रत्येक टिममा सम्बन्धित पालिकाका ९ जना र अन्य पालिकाका ३ जना खेलाडी समावेश गर्न पाइने व्यवस्था गरिएको छ। एउटा टिममा १२ जना खेलाडी, एक जना प्रशिक्षक र एक जना टिम व्यवस्थापक रहनेछन्।
स्थायी खेलाडीको हकमा नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले ३ हजार ५०० रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ। टिम दर्ता तथा खेलाडीको नामावली कात्तिक १९ गते टाइसिट निकाल्नुअघि नै आयोजकसमक्ष बुझाइसक्नुपर्नेछ। टाइसिट सोही दिन दिउँसो निकालिने कार्यक्रम रहेको छ।
खेलाडीको योग्यता तथा सहभागितासम्बन्धी कुनै विवाद वा उजुरी (प्रोटेस्ट) गर्नुपरेमा खेल समाप्त भएको ३० मिनेटभित्र ३ हजार ५०० रुपैयाँ नगदसहित लिखित निवेदन दिनुपर्ने नियमसमेत बनाइएको छ।
प्रतियोगितामार्फत जिल्लाभित्रका पालिकाबीच खेलकुदको विकास, खेलाडीको प्रतिभा पहिचान तथा आपसी सद्भाव र खेलकुद संस्कृतिको प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले थप जानकारी तथा दर्ताका लागि आयोजकको मोबाइल नम्बर ९८५५०६८६३६ मा सम्पर्क गर्न सक्नेछन्।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

भीमफेदीको सोलाभन्ज्याङमा ‘उज्यालो संवाद’: सिंगो गाउँ उज्यालोमय
FB_IMG_1793419429045-1793419445.jpg

भीमफेदी, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ स्थित सोलाभन्ज्याङमा उज्यालो नेपाल पार्टीले...

चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg