pani-1786865868.jpg
Monday, 28 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद

FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स ब्याडमिन्टन प्रतियोगिता आजदेखि थाहा–४ क्याम्पाडाडास्थित कवर्ड हलमा सुरु भएको छ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १३ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिता असार १६ गते सम्पन्न हुनेछ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु. २१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले रु. १५ हजार, ट्रफी र मेडल प्राप्त गर्नेछ भने सान्त्वना स्थान हासिल गर्ने टोलीलाई रु. ६ हजार ५०० प्रदान गरिनेछ। त्यसैगरी उत्कृष्ट खेलाडीलाई रु. ५ हजार ५ सय ५५, ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको दोस्रो पुरस्कार च्वाइस नेपालले प्रायोजन गरेको छ भने सान्त्वना पुरस्कार पालुङ भ्याली हार्ट एकेडेमी र उत्कृष्ट खेलाडी पुरस्कार सिजनेवल फ्रुट एन्ड भेजिटेबल सप्लायर्सका प्रोप्राइटर गणेश कार्कीले प्रायोजन गरेका छन्।
थाहा नगर व्याडमिन्टन संघका उपाध्यक्ष इशाक केसीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा वडा नं. ४ का अध्यक्ष नारायण लामा प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा थाहा नगर युवा तथा खेलकुद शाखा प्रमुख माधव विक्रम मल्ल, खेलकुद विकास समितिका सदस्य सचिव अनिल लामिछाने, समितिका सदस्य यादव रायमाझी, पालुङ क्याम्पसका अध्यक्ष सुरेन्द्रमान प्रधान, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख गोविन्द भण्डारी लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामार्फत थाहा नगरमा ब्याडमिन्टन खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धात्मक खेल संस्कृतिको प्रवर्द्धन हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

FB_IMG_1782619065542-1782619148.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...