pani-1786865868.jpg
Sunday, 27 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा

1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो । यद्यपि काठमाण्डौमा भने ९ असोजमा इन्द्रजात्रा मनाइसकिएको थियो । पालुङको इन्द्रजात्राको विशेष साँस्कृतिक महत्व रहेको छ ।
‎
‎यहाँ काठमाण्डौमा जस्तै वर्षा र सहकालका देवता देवराज ईन्द्रको पुजा अरधना गरि ईन्द्र जात्रा मनाइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुदर्शीका दिन पर्ने यो पर्व मकवानपुरको थाहा नगरपालिका–२ स्थित ऐतिहासिक पालुङ शहरमा मनाईन्छ । पालुङमा पनि तृतीयाका दिन विधिपुर्वक देवतालाई बोकाको भोक दिएर पुजाआज गरी गणेश, कुमारी, इन्द्रायणी, बाराही, भगवती र कालाभैरवको पुजा गरिन्छ ।
‎स्थानीय पुजारी सम्पुर्ण श्रेष्ठले ईन्द्रायणीको पुजा गरी देवतालाई भित्र्याएपछि अब एकैचोटि गठेमङगलमा मात्र निकाल्न मिल्ने प्रचलन रहेको छ ।
‎भाद्र शुक्ल द्वादशीका दिन ठड्याएको लिङगोलाई ईन्द्रध्वजोत्थान पनि भनिन्छ । लिङगको फेदमा भैरबको पुजा गरिन्छ । शत्रु पराजय भएपछि विजयको रुपमा ईन्द्रजात्रा मनाईएको हो । ईन्द्रध्वजको पुजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि ईन्द्र जात्रालाई लिइन्छ ।
‎पालुङ शहरको इन्द्रजात्राको अवसरमा भैरबको मुखबाट छ्याङ प्रसाद वितरण गरिएको छ । थाहा नगरपालिका वडा नम्बर २ को इन्द्रजात्राको अवसरमा पालुङमा भैरबको मुखबाट छ्याङ प्रसाद वितरण गरिएको हो । पालुङ शहरको डबली नजिकैको घण्टा घरमा राखिएको काला भैरबको मुकुटको मुखबाट छ्याङ प्रसाद वितरण गरिएको हो । ‘पहिले–पहिले भैरबलाई छ्याङको जुठो लगाइदिएपछि त्यसलाई प्रसादको रुपमा बाँड्ने चलन रहेको बुबाले सुनाउनु हुन्थ्यो’ स्थानीय रमन श्रेष्ठले भने–‘अहिले जात्राको अवसरमा भैरबकै मुखबाट छ्याङ निकाली प्रसाद बाँड्छौं ।’
‎काठमाण्डौं उपत्यकामा लाग्ने इन्द्रजात्रामा स्वेत भैरबको मुखबाट छ्याङ निकाल्ने चलन भएपनि पालुङमा भने काला भैरबको मुखबाट छ्याङ निकाल्ने र प्रसादको रुपमा वितरण गरिएको हो । पालुङमा कतिपयले भैरबको मुखबाट निकालिएको छ्याङ त्यहीँ मुख थापेर खाए भने कतिपयले प्रसादको रुपमा भाँडामा थापेर घरघरमा लगेका थिए ।
‎कतिपय स्थानमा लाग्ने यस्तो जात्रामा महिलालाई उक्त छ्याङ (प्रसाद) खान प्रतिबन्ध भएपनि थाहा नगरपालिकाको पालुङमा भने सबैलाई खुल्ला रहेको गुठीका अध्यक्ष निरञ्जन श्रेष्ठले जानकारी दिए । यद्यपि पालुङमा लाग्ने इन्द्रजात्रामा महिलाले भैरबको मुकुट छुन भने पाउँदैनन् । यो पनि पुरानै चलन हो ।
‎इतिहासअनुसार पहिलेपहिले राजाहरुले मृत्यु भएका आफ्ना नागरिकहरुलाई तर्पण दिन भैरवको मुखबाट छ्याङ दिएका थिए । पहिले पालुङ पनि भिन्दै राज्य भएको कारण यो छ्याङलाई प्रसादको रुपमा बाँड्ने चलन बसेको हुन सक्ने स्थानीय निरोज प्रधानको प्रतिक्रिया छ । छ्याङसँगै पालुङ शहरको डबली (साँस्कृतिक ग्राम) परिसरमा जात्रामा पुगेकाहरुलाई समयवजी लगायतका प्रसाद पनि वितरण गरिएको थियो ।

1790442010023-1790442253.jpg
1790442017648-1790442278.jpg
1790442014066-1790442279.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...