pani-1786865868.jpg
Friday, 06 Nov, 2026
worldlink1-1789963258.gif

खेल

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी

FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन दिन साविक विजेता तमु बहुउद्देश्यीय कृषि, मंगलेश्वर र हेटौँडा उपमहानगरपालिकाले विजयी सुरुवात गरेका छन् ।
‎विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा सञ्चालित मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा तमु बहुउद्देश्यीय कृषिले ड्रिमर युवा क्लबलाई पराजित गरेको हो । तमुले २५–१२ र २५–१४ को सोझो सेटमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
‎
‎त्यस्तै, दोस्रो खेलमा छैटौँ र सातौँ संस्करणको विजेता मंगलेश्वरले कालिका देवी युवा क्लबलाई २५–१२ र २५–१६ को सोझो सेटमा पराजित गर्‍यो । दिनको अन्तिम खेलमा हेटौँडा उपमहानगरपालिकाले कुमारी युवा क्लबलाई २५–९ र २५–११ को सोझो सेटमा हराउँदै विजयी भएको छ ।
‎
‎कात्तिक २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मकवानपुरका १४ वटा टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको यो नवौँ संस्करण हो ।
‎
‎प्रतियोगिताको यस वर्ष पुरस्कार राशि वृद्धि गर्नुका साथै खेल सञ्चालनका नियममा समेत केही परिवर्तन गरिएको आयोजकले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष तथा थाहा नगर खेलकुद विकास समितिका भलिबल प्रशिक्षक शंकर कार्कीका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख १ हजार १११ रुपैयाँ र द्वितीय हुने टोलीले ५० हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
‎
‎गत वर्ष सम्पन्न आठौँ संस्करणमा प्रथम हुने टोलीले ५५ हजार ५५५ रुपैयाँ, द्वितीय हुने टोलीले २८ हजार ८८८ रुपैयाँ र तृतीय हुने टोलीले ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । यस वर्ष भने पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरिएको आयोजकले जनाएको छ ।
‎
‎त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, सेटर, डिफेन्डर, उदयमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षकलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ । सेमिफाइनल चरणपछिका खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ समेत प्रदान गरिने आयोजकले जनाएको छ

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

भीमफेदीको सोलाभन्ज्याङमा ‘उज्यालो संवाद’: सिंगो गाउँ उज्यालोमय
FB_IMG_1793419429045-1793419445.jpg

भीमफेदी, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ स्थित सोलाभन्ज्याङमा उज्यालो नेपाल पार्टीले...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg