pani-1786865868.jpg
Monday, 02 Nov, 2026
worldlink1-1789963258.gif

राजनीति

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड

1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक कार्यक्रमको आयोजना गरी जागरण अभियानको औपचारिक शुभारम्भ भएको घोषणा गरिएको हो । 
थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानको सभाध्यक्षता एवम् एमाले केन्द्रीय सदस्य महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यतामा भएको जागरण अभियान शुभारम्भ एवम् नगर विस्तारित भेला आयोजना गरिएको हो । 
भेलाले मतदाता तहसम्म जोडेर युवाहरुलाई समेत प्रभावकारी समावेश गरेर लैजाने गरी कार्यक्रम तय गरिएको छ । वडाले मंसिर ५ गतेभित्र वडा र टोल कमिटीहरुको बैठक गर्ने निर्णय गरेको छ । भेलाले मंसिर ५ गतेदेखि ११ गतेसम्म जनसंगठनहरुको अधिवेशन गर्ने निर्णय गरेको छ । यसैगरी, मंसिर १२ गतेदेखि मंसिर २३ गतेसम्म वडा अधिवेशनहरु सम्पन्न गर्ने निर्णय गरेको छ । भेलाबाट अनुमोदित कार्ययोजनाहरुलाई सम्पन्न गर्न नगर कमिटीका विभिन्न नेताहरुलाई जिम्मेवारी दिइएको छ । 
विस्तारित भेलाले थाहा ५ का विष्णुबहादुर गुरुङ र थाहा १ का अभिषेक गोपालीलाई नगर कमिटी सदस्यमा मनोनित गरेको छ । 
भेलाका अवसरमा प्रमुख अतिथि बर्तौलाले ३५ वर्षसम्म पुराना पार्टीहरुले के गरे भनेर गरिएको हल्लालाई चिर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । भेलामा प्रदेश कमिटी सदस्य बलराम बल, जिल्ला सदस्यहरु शशीधर सुवेदी, विमल कुमार ढकाल, हरि गोपाली, सुनिता दोङ, तुलसा विष्ट र नगर कमिटी उपाध्यक्ष हेम कुमार थिङले मन्तव्य व्यक्त गर्नु भयो । भेलामा वडा कमिटीका अध्यक्षहरु, जनवर्गीय संगठनका अध्यक्षहरुले रिपोर्टिङ समेत गर्नु भएको थियो । 
नगर कमिटीले मंसिर २३ गतेसम्म अभियान अन्तर्गतका कार्यक्रमहरु सम्पन्न गरी मंसिर २५ गते नगर कमिटीको विस्तारित बैठक गर्ने निर्णय समेत गरेको छ । 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

भीमफेदीको सोलाभन्ज्याङमा ‘उज्यालो संवाद’: सिंगो गाउँ उज्यालोमय
FB_IMG_1793419429045-1793419445.jpg

भीमफेदी, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ स्थित सोलाभन्ज्याङमा उज्यालो नेपाल पार्टीले...

चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg