pani-1786865868.jpg
Thursday, 15 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता

InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा पित्तलको पाता चढाएका छन्। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र मन्दिरको सौन्दर्य अभिवृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले कार्कीले मन्दिरमा पित्तलको पाता चढाएका हुन्।
कार्कीले यसअघि पनि इन्द्रायणी मन्दिरमा हात्तीको मूर्ति चढाएर धार्मिक आस्थासँगै स्थानीय सम्पदाको संरक्षणमा योगदान पुर्‍याएका थिए। त्यस्तै, थाहा नगरपालिका–३ गोपाली गाउँमा अवस्थित श्री सेती गणेश मन्दिरमा पनि उनले पित्तलको पाता चढाएका थिए। थाहा नगरपालिका–२ पालुङमा रहेको पाण्डुकेश्वर महादेव मन्दिरमा समेत विभिन्न देवीदेवताका मूर्ति चढाएर उनले धार्मिक कार्यमा सहयोग गर्दै आएका छन्।
मन्दिरको संरक्षणमा व्यक्तिगत सहयोग महत्त्वपूर्ण
पालुङका युवा निरोज प्रधानले माधव कार्कीको सहयोगको खुलेर प्रशंसा गरेका छन्। प्रधानका अनुसार कार्कीजस्ता समाजसेवी तथा विभिन्न व्यक्तिहरूको निरन्तर सहयोगले स्थानीय मन्दिरहरूको संरक्षण, व्यवस्थापन र सौन्दर्य अभिवृद्धिमा महत्त्वपूर्ण टेवा पुगेको छ।
प्रधानले धार्मिक स्थलहरू केवल पूजाआजा गर्ने स्थान मात्र नभई स्थानीय कला, संस्कृति, परम्परा र सामुदायिक एकताको पहिचानसमेत भएको उल्लेख गर्दै यस्ता सम्पदाको संरक्षणमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए।
उनका अनुसार मन्दिरको विकास र संरक्षणका लागि एक व्यक्तिको प्रयास मात्र पर्याप्त हुँदैन। समाजका विभिन्न व्यक्ति, दातृ मन र स्थानीय समुदायको सामूहिक सहभागिताले नै धार्मिक स्थललाई व्यवस्थित, आकर्षक र भावी पुस्ताका लागि सुरक्षित बनाउन सकिन्छ। कार्कीलगायत सहयोगीहरूको योगदानले मन्दिरको स्वरूप परिवर्तन गर्न तथा धार्मिक सम्पदाप्रति समुदायको अपनत्व बढाउन मद्दत पुगेको प्रधानको भनाइ छ।
स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा व्यक्तिगत पहलबाट सुरु भएका यस्ता सहयोगले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै अन्य व्यक्तिलाई पनि सामाजिक तथा धार्मिक कार्यमा योगदान दिन प्रेरित गर्ने अपेक्षा गरिएको छ।

InShot_20261014_191152628-1791984465.jpg

श्रीसेती गणेश मन्दिरमा चढाइएको पाता

InShot_20261014_191152628-1791984532.jpg

श्रीसेती गणेश मन्दिरमा चढाइएको पाता

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...