pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न

FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण जयन्ती मनाएको छ।
विद्यालय प्राङ्गणमा आयोजित समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तलाल रुम्बाको अध्यक्षता तथा बागमती प्रदेश सांसद कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर विष्टको विशेष आतिथ्यता रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुमारी मोक्तानले विद्यालयको ५० वर्षे यात्रा आफैंमा महत्वपूर्ण उपलब्धि भएको बताउँदै विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधारका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताइन्। उनले बदलिँदो समयअनुसार शिक्षालाई व्यवहारिक, गुणस्तरीय र विद्यार्थीमैत्री बनाउनुपर्नेमा जोड दिइन्।
त्यस्तै, विशेष अतिथि थाहा नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर विष्टले विद्यालयले पाँच दशकको अवधिमा स्थानीय समुदायको शैक्षिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि विद्यालयको विकासका लागि नगरपालिका आवश्यक सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको बताए। उनले विद्यालयको भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधवविक्रम मल्ल, जिल्ला समन्वय समिति सदस्य सुवर्ण गोपाली, नेपाली कम्युनिस्ट पार्टी थाहाका अध्यक्ष विनोदकुमार लामा, सुनौला माविका प्रधानाध्यापक सत्तल उप्रेती तथा शिक्षक–अभिभावक संघका अध्यक्ष सुमित्रा लामाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
विद्यालयका प्रधानाध्यापक कुमारी आशा चन्दले विद्यालयको वार्षिक आय–व्यय विवरण तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
स्वर्ण जयन्तीको अवसरमा विद्यालयलाई लामो समयदेखि सहयोग गर्दै आएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो। साथै स्वर्ण जयन्तीका अवसरमा आयोजित विद्यालयस्तरीय अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यालय तथा विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। स्वर्ण महोत्सव सफल बनाउन आर्थिक तथा अन्य सहयोग गर्ने सहयोगदातालाई समेत सम्मानपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ।
समारोहमा शिक्षक तथा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, विद्यार्थी र अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियो।

FB_IMG_1791466622457-1791466666.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...