pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

सीपमूलक शिक्षामा जोड दिएर विद्यार्थी बढाउने अभियानलाई प्राथमिकता दिनुपर्छ” : सांसद मोक्तान

FB_IMG_1781365962043-1781365995.jpg

थाहा, मकवानपुर ।  पालुङ क्याम्पसको २३औँ क्याम्पस परिषद् उद्घाटन समारोहलाई शुभकामना मन्तव्य दिदै  प्रमुख अतिथि बागमती प्रदेश सांसद कुमारी मुक्तानले सीपमूलक शिक्षामा जोड दिँदै विद्यार्थी संख्या वृद्धि गर्ने अभियानलाई उच्च प्राथमिकता दिनुपर्ने बताएकी हुन। उनले बदलिँदो समयअनुसार रोजगारमुखी र व्यवहारिक शिक्षाले मात्रै उच्च शिक्षाप्रति आकर्षण बढाउन सक्ने उल्लेख गरिन्।
यसैबीच,२३ औ क्याम्पस परिषद भेलाबाट पालुङ क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष पदका अर्का उम्मेदवार मधुसुदन रायमाझीले उम्मेदवारी फिर्ता लिएपछि प्रधान निर्विरोध भएका हुन्। यसअघि उनी क्याम्पसको उपाध्यक्ष तथा एक कार्यकाल सञ्चालक समितिको सदस्यको जिम्मेवारी सम्हालिसकेका थिए।
निर्विरोध निर्वाचित भएपछि अध्यक्ष प्रधानले स्नातक तह सञ्चालन गर्ने उत्तरी मकवानपुरकै एक मात्र क्याम्पस भएकाले यसलाई सबैको साझा संस्थाका रूपमा अघि बढाउनुपर्ने बताए। उनले एक करोड रुपैयाँभन्दा बढी भुक्तानी दायित्व रहेको क्याम्पसलाई आत्मनिर्भर बनाउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सञ्चालक समितिले तत्काल पाँचवर्षीय योजना तयार गरी कार्यान्वयनमा ल्याउने जानकारी दिए।
प्रत्यक्ष निर्वाचित सदस्यहरूमा राजिव कुमार स्याङ्दान, हिरेन्द्र कुमार रायमाझी, मनोज अधिकारी, सुदर्शन कार्की, सगुन कुमार ढकाल, रिता प्रधान, केदार कार्की, सहदेव ढकाल, बलराम थापा र राजकुमार केसी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत निरञ्जन अधिकारीले जानकारी दिए।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ललित घलानले स्थानीय सरकारले क्याम्पसलाई दिएको प्राथमिकताको प्रशंसा गर्दै आवश्यक समन्वयका लागि जिल्ला समन्वय समिति तयार रहेको बताए। सभाध्यक्ष विष्णुबहादुर विष्टले क्याम्पसले घरघरमा स्नातक गर्ने वातावरण सिर्जना गरेको भन्दै यसको संरक्षण र संवर्द्धनमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति प्रमोदकृष्ण जोशी, नेकपाका प्रदेश सदस्य अरुण रायमाझी, तत्कालीन दामन–पालुङ आर्थिक विकास सहयोग समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि राजमान महर्जन, बेलायतका पूर्व एनआरएन अध्यक्ष चिरञ्जीवी ढकाल, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर विष्ट, वडा नं. ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी तथा क्याम्पसका पूर्व लेखापाल मधुसुदन रायमाझीलगायत वक्ताहरूले पालुङ क्याम्पसले उत्तरी मकवानपुरको शैक्षिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरे।
परिषद्ले क्याम्पसको विधान संशोधन गर्दै प्रत्येक चार वर्षमा क्याम्पस सभा बस्ने, सभाले परिषद् गठन गर्ने र परिषद्ले सञ्चालक समिति गठन गर्ने व्यवस्था गरेको छ। परिषद् सदस्य संख्या २२२ बाट घटाएर ९१ कायम गरिएको छ भने सञ्चालक समितिमा दुई मनोनीत सदस्य थप गरी २१ सदस्यीय बनाइने व्यवस्था गरिएको छ। उपाध्यक्ष र कोषाध्यक्ष भने सञ्चालक समितिको बैठकबाट निर्वाचित हुनेछन्।
कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष विष्णुबहादुर विष्टले नीति तथा कार्यक्रम, कोषाध्यक्ष विमलकुमार ढकालले आर्थिक प्रतिवेदन र क्याम्पस प्रमुख राजन मिश्रले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए, जसलाई परिषद्ले पारित गरेको छ। साथै क्याम्पसमा योगदान पुर्‍याउने व्यक्तित्व तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान पनि गरिएको थियो। 

FB_IMG_1781365981344-1781366000.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...