pani-1786865868.jpg
Saturday, 10 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ

FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको स्वागत, अवकाशप्राप्त कर्मचारीको बिदाइ तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रमान प्रधानको सभाध्यक्षता तथा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शैक्षिक तथा संस्थागत विकासमा योगदान पुर्‍याएको भन्दै उपप्राध्यापक सन्तोष हमाल र पूर्व सञ्चालक समिति सदस्य एवं असल अभिभावक निरञ्जन अधिकारीलाई सम्मान गरिएको थियो। लामो समय सेवा गरी अनिवार्य अवकाश प्राप्त गरेका कार्यालय सहयोगी बिजुली प्रसाद ढकाललाई ससम्मान बिदाइ गरिएको थियो।
कार्यक्रममा नगर प्रमुख विष्टले पालुङ क्याम्पसको शैक्षिक गुणस्तरमा निरन्तर सुधार भइरहेको उल्लेख गर्दै नियमित पठनपाठनमा विद्यार्थीको उपस्थिति बढेमा थप उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे। उनले थाहा नगरपालिकाले क्याम्पसको अभिभावकत्व ग्रहण गर्दै निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
त्यस्तै, थाहा नगरपालिका–३ का वडाध्यक्ष एवं क्याम्पस सञ्चालक समिति सदस्य हिरेन्द्र कुमार रायमाझीले वडा कार्यालयले शिक्षा क्षेत्रको अनुदानअन्तर्गत क्याम्पसको छात्रवृत्ति योजनामा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष राजिव कुमार स्याङ्तानले गुणस्तरीय शिक्षा सुधारमा विद्यार्थी, प्राध्यापक, परिवार र समाज सबैको महत्त्वपूर्ण भूमिका रहने बताए। प्राध्यापक सङ्घ एकाइ सभापति एवं सञ्चालक समिति सदस्य प्रकाश पौडेलले आगामी शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्न विद्यार्थीलाई मेहनत गर्न आग्रह गर्दै क्याम्पसलाई राष्ट्रिय स्तरमा चिनाउन आह्वान गरे।
सम्मानित व्यक्तित्व निरञ्जन अधिकारीले क्याम्पसको स्थापनादेखि हालसम्म योगदान पुर्‍याउने अग्रजहरूको स्मरण गर्दै पालुङ क्याम्पसले आगामी दिनमा थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै उज्ज्वल भविष्यको कामना गरिएको थियो। साथै, विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो।

FB_IMG_1791564427676-1791564463.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...