pani-1786865868.jpg
Wednesday, 18 Nov, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’

FB_IMG_1794908167086-1794908302.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा सञ्चालनमा आएको छ। नगर प्रमुख विष्णु बहादुर बिष्टले आज एक कार्यक्रमबीच अस्पतालको औपचारिक उद्घाटन गरेका छन्।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ‘आधारभूत अस्पताल सञ्चालन मापदण्ड, २०८१’ अनुसार स्थानीय तहमा सञ्चालन हुने ५, १० र १५ शय्याका आधारभूत अस्पतालको व्यवस्थापन, सेवा प्रवाह, जनशक्ति तथा न्यूनतम सेवा मापदण्ड निर्धारण गरिएको छ। सोही मापदण्डअनुसार पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको थाहा नगर अस्पतालका रूपमा सञ्चालनमा ल्याइएको हो।
अस्पतालको प्रभावकारी व्यवस्थापन, सञ्चालन तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउन उद्घाटनकै अवसरमा नयाँ अस्पताल सञ्चालन समिति समेत गठन गरिएको छ।
कार्यविधिअनुसार नगर प्रमुख विष्णु बहादुर बिष्टको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा नगर उपप्रमुख भरत गोपाली रहेका छन्।
त्यसैगरी समितिको सदस्यमा सामाजिक विकास समिति संयोजक दिनेश बल, वडा नं. ४ का अध्यक्ष नारायण लामा, वडा नं. ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी र अस्पतालका प्रमुख डा. जोनशन बिक सदस्य सचिव रहेका छन्।
समितिमा कार्यपालिकाले तोक्ने गरी थप दुई जना महिला सदस्य रहने व्यवस्था गरिएको छ।
थाहा नगर अस्पताल सञ्चालनमा आएसँगै स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको छ। अस्पतालको सेवा विस्तार, व्यवस्थापन र गुणस्तर सुधारमार्फत नगरवासीलाई आफ्नै स्थानीय तहमा थप प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

20261117_151739-1794908303.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’
FB_IMG_1794908167086-1794908302.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा...

भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता
InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट...

थाहा–१० बिसिङ्खेलमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
InShot_20261114_201206317-1794666583.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलस्थित गणेशमान सिंह सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा...

इतिहास र पर्यटन जोड्दै थानकोट–चित्लाङ क्रसकन्ट्री दौड सम्पन्न, धर्म महर्जन बने विजेता
FB_IMG_1794664053593-1794664067.jpg

थाहा  ऐतिहासिक थानकोटदेखि पर्यटकीय गन्तव्य चित्लाङसम्म आयोजना गरिएको थानकोट–चित्लाङ १० माइल क्रसकन्ट्री...

न्हुलगाउँ T20 कपको फाइनलमा शिखर क्लब
FB_IMG_1794491726687-1794491749.jpg

थाहा–१०, न्हुलगाउँमा जारी थाहा नगरस्तरीय न्हुलगाउँ T20 कप क्रिकेट प्रतियोगितामा शिखर क्लब फाइनलमा प्रवेश गरेको...

चिसापानीगढीमा ७ सय मिटर तल खस्यो ईभी, १० जनाको घटनास्थलमै मृत्यु
FB_IMG_1794449950082-1794453158.jpg

हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी...

सुनाखरी पैदल मार्गमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन सुरु, अमेरिका, युरोप र अस्ट्रेलियाका २१ पर्यटकद्वारा भ्रमण
FB_IMG_1794448158994-1794448194.jpg

मकवानपुर। थाहा नगरपालिकाको चित्लाङदेखि सिमभञ्ज्याङसम्म फैलिएको सुनाखरी पैदल मार्गमा अन्तर्राष्ट्रिय...

नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg