pani-1786865868.jpg
Tuesday, 06 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

हृदय रोग निवारण प्रतिष्ठान थाहाको तेस्रो साधारणसभा सम्पन्न

FB_IMG_1774696151904-1774696266.jpg

नेपाल हृदय रोग निवारण प्रतिष्ठान नेपाल थाहा नगर इकाई समितिको तेस्रो साधारणसभा सम्पन्न भएको छ।
थाहा नगरको थानाबजारस्थित गंगा होटलमा साधारणसभा  सम्पन्न भएको हो।
प्रतिष्ठानका थाहा नगर इकाई अध्यक्ष बिमलकुमार ढकालको अध्यक्षता तथा थाहा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा थाहा नगर उपप्रमुख भरत गोपाली , प्रतिष्ठानका मकवानपुर जिल्ला अध्यक्ष बिजयकुमार वैद्यको उपस्थिति रहेको थियो भने कार्यक्रममा ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्य,पाण्डुकेश्वर क्षेत्र बिकास समितिका अध्यक्ष जनक हमाल,दामन रेडक्रसका पुर्व सभापति अरुण रायमाझी लगायतको अतिथिहरुको उपस्थिति रहेको थियो।
साधारणसभामा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्ट, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, र जनकल्याण माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक सानोभाइ कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
साधारणसभामा अध्यक्ष बिमलकुमार ढकालले प्रतिष्ठानको कार्यहरू र भविष्यका योजनाहरूको बारेमा जानकारी दिँदै संस्थाको समग्र प्रगतिको मार्गदर्शन गरे।
प्रमुख अतिथि बिष्णु बिष्टले प्रतिष्ठानको महत्त्वपूर्ण कार्यहरूको सराहना गर्दै यसका कार्यक्रमहरूलाई थप प्रोत्साहन प्रदान गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रमको संचालन थाहा नगर सचिव सहदेव ढकालले गरेका थिए भने उपसभापति गिता कार्कीले उपस्थित सबैलाई स्वागत गरे।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...