jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

थाहामा बृहत् आँखा शिविर : ९२ जनाको मोतियाबिन्दु सल्यक्रिया, सयौँ बिरामी लाभान्वित

FB_IMG_1777124810901-1777124825.jpg

मकवानपुरको थाहा नगरपालिका क्षेत्रमा तिलगंगा सामुदायिक आँखा उपचार केन्द्र पालुङको आयोजनामा सम्पन्न बृहत् आँखा शिविरबाट सयौँ बिरामी प्रत्यक्ष लाभान्वित भएका छन्। शिविरमार्फत ९२ जनाको मोतियाबिन्दुको सफल सल्यक्रिया गरिएको छ, जसले ग्रामीण तथा दुर्गम क्षेत्रका बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराएको छ।
केन्द्रका नेत्र सहायक बिबेक राजथलाका अनुसार, सल्यक्रिया गरिएका बिरामीमध्ये ४६ जनाको फेको (Phaco) प्रविधिबाट र ४२ जनाको एसआईसीएस (SICS) विधिबाट मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो। त्यस्तै, ४ जनाको आँखामा मासु पलाउने (प्टेरिजियम) समस्या सम्बन्धी सल्यक्रिया समेत गरिएको छ। शिविर अवधिभर ६८५ जनाको आँखा परीक्षण गरिएको थियो, जसबाट छनोट गरिएका बिरामीलाई सल्यक्रियाका लागि केन्द्रमा ल्याइएको थियो।
भिजन हिमालयन फाउन्डेसन, थाहा नगरपालिका तथा कैलाश गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको उक्त शिविर बैशाख ७ गतेदेखि १० गतेसम्म थाहा नगरपालिकाका विभिन्न वडा तथा कैलाश गाउँपालिकाको गोगने क्षेत्रमा सम्पन्न गरिएको हो। शिविरमा हेटौँडास्थित आँखा अस्पतालबाट आएका आँखा सौन्दर्य विशेषज्ञ मोहिनी श्रेष्ठसहितको चिकित्सक टोलीले उपचार सेवा प्रदान गरेको थियो।
सल्यक्रिया पश्चात् आयोजित पट्टि खोल्ने कार्यक्रममा थाहा नगर प्रमुख विष्णु बिष्टले जनप्रतिनिधिहरूले पाउने भत्ताको सदुपयोग गर्दै स्थापना गरिएको तिलगंगा सामुदायिक आँखा केन्द्रले अहिले छिमेकी पालिकाका नागरिकलाई समेत सेवा दिइरहेको उल्लेख गरे। उनले केन्द्रको स्तरोन्नतिका लागि नगरपालिका निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताए।
उक्त कार्यक्रममा थाहा नगरपालिका उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल लगायतको उपस्थिति रहेको थियो। शिविरले विशेषगरी कैलाश गाउँपालिका,ईन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकाका दृष्टि समस्या भएका नागरिकलाई राहत पुर्‍याउँदै स्थानीय तहमै गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने प्रयासलाई थप मजबुत बनाएको छ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...