pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

थाहामा बृहत् आँखा शिविर : ९२ जनाको मोतियाबिन्दु सल्यक्रिया, सयौँ बिरामी लाभान्वित

FB_IMG_1777124810901-1777124825.jpg

मकवानपुरको थाहा नगरपालिका क्षेत्रमा तिलगंगा सामुदायिक आँखा उपचार केन्द्र पालुङको आयोजनामा सम्पन्न बृहत् आँखा शिविरबाट सयौँ बिरामी प्रत्यक्ष लाभान्वित भएका छन्। शिविरमार्फत ९२ जनाको मोतियाबिन्दुको सफल सल्यक्रिया गरिएको छ, जसले ग्रामीण तथा दुर्गम क्षेत्रका बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराएको छ।
केन्द्रका नेत्र सहायक बिबेक राजथलाका अनुसार, सल्यक्रिया गरिएका बिरामीमध्ये ४६ जनाको फेको (Phaco) प्रविधिबाट र ४२ जनाको एसआईसीएस (SICS) विधिबाट मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो। त्यस्तै, ४ जनाको आँखामा मासु पलाउने (प्टेरिजियम) समस्या सम्बन्धी सल्यक्रिया समेत गरिएको छ। शिविर अवधिभर ६८५ जनाको आँखा परीक्षण गरिएको थियो, जसबाट छनोट गरिएका बिरामीलाई सल्यक्रियाका लागि केन्द्रमा ल्याइएको थियो।
भिजन हिमालयन फाउन्डेसन, थाहा नगरपालिका तथा कैलाश गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको उक्त शिविर बैशाख ७ गतेदेखि १० गतेसम्म थाहा नगरपालिकाका विभिन्न वडा तथा कैलाश गाउँपालिकाको गोगने क्षेत्रमा सम्पन्न गरिएको हो। शिविरमा हेटौँडास्थित आँखा अस्पतालबाट आएका आँखा सौन्दर्य विशेषज्ञ मोहिनी श्रेष्ठसहितको चिकित्सक टोलीले उपचार सेवा प्रदान गरेको थियो।
सल्यक्रिया पश्चात् आयोजित पट्टि खोल्ने कार्यक्रममा थाहा नगर प्रमुख विष्णु बिष्टले जनप्रतिनिधिहरूले पाउने भत्ताको सदुपयोग गर्दै स्थापना गरिएको तिलगंगा सामुदायिक आँखा केन्द्रले अहिले छिमेकी पालिकाका नागरिकलाई समेत सेवा दिइरहेको उल्लेख गरे। उनले केन्द्रको स्तरोन्नतिका लागि नगरपालिका निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताए।
उक्त कार्यक्रममा थाहा नगरपालिका उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल लगायतको उपस्थिति रहेको थियो। शिविरले विशेषगरी कैलाश गाउँपालिका,ईन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकाका दृष्टि समस्या भएका नागरिकलाई राहत पुर्‍याउँदै स्थानीय तहमै गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने प्रयासलाई थप मजबुत बनाएको छ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg