pani-1786865868.jpg
Thursday, 24 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

बिश्व क्षयरोग दिवस:-नेपालमा ५० प्रतिशत सक्रिय उमेर समूहमा क्षयरोग

InShot_20260324_063823418-1774313747.jpg

हो ! हामी क्षयरोग अन्त्य गर्छौँ: राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ। क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्षको मार्च २४ तारिखमा यो दिवस मनाउने गरिन्छ।

नेपालमा कुल क्षयरोगीमध्ये करिब ५० प्रतिशत जनसंख्यामा क्षयरोगको संक्रमण रहेको राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांकले देखाएको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा कुल ६७ हजार नयाँ क्षयरोगी रहेको अनुमान गरिएको छ। यस हिसाबले करिब ३३ हजार ५ सय जना सक्रिय उमेर समूहका छन्।
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कुल ३९ हजार १ सय ५१ जना नयाँ क्षयरोगका बिरामीले औषधि सेवन गरिरहेका छन्। संगठनले अनुमान गरेको बिरामीमध्ये ५८ प्रतिशत मात्र पहिचान भएका छन् भने बाँकी ४२ प्रतिशत (२७ हजारभन्दा बढी) बिरामी अझै फेला परेका छैनन्।
तथ्यांकअनुसार नेपालमा प्रति एक लाख जनामा २२७ जनामा क्षयरोग रहेको छ। तीमध्ये प्रत्येक वर्ष करिब १६ हजार जनाको क्षयरोगका कारण मृत्यु हुने गर्छ।
राष्ट्रिय क्षयरोग केन्द्रका छातिरोग विशेषज्ञ डा. नवीन प्रकाश शाहका अनुसार अन्य देशमा क्षयरोग लाग्ने दर ६५ वर्ष माथिका वृद्धवृद्धा र १४ वर्ष मुनिका बालबालिकामा बढी देखिन्छ भने नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका सक्रिय जनसंख्यामा बढी संक्रमणदर देखिएको छ। यसको मुख्य कारण नेपालमा यस उमेर समूहको जनसंख्या बढी हुनु रहेको उनको विश्लेषण छ। उनका अनुसार सक्रिय उमेर समूहमा क्षयरोगको संक्रमणदर उच्च हुँदा अन्य जनसंख्यामा सर्ने जोखिम पनि बढी हुन्छ।
केन्द्रका निर्देशक डा. पौडेलका अनुसार पछिल्लो समयमा वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूमा क्षयरोग संक्रमण भई नेपाल फर्केर उपचार गर्नेको संख्या पनि बढेको छ। उनले कतार, कुवेत र दुबईबाट संक्रमित भएर दैनिक जसो इमेल आउने गरेको बताए। उत्पादनशील उमेर समूह संक्रमित हुँदा परिवारमा समेत असर पर्ने उनको भनाइ छ।

मधेसमा बढी
नेपालमा कुल क्षयरोगीमध्ये सबैभन्दा बढी मधेश प्रदेशमा भेटिएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ। गत आर्थिक वर्षको तथ्यांकअनुसार मधेश प्रदेशमा २५ प्रतिशत क्षयरोगी छन्। बाँकी २३ प्रतिशत बागमती र २० प्रतिशत लुम्बिनी प्रदेशमा भेटिएका छन्।
मधेश प्रदेशमा क्षयरोगी बढी हुनुको कारण अशिक्षा तथा सामाजिक–आर्थिक अवस्था रहेको केन्द्रका निर्देशक डा. भुवन पौडेलले बताए। उनका अनुसार अझै पनि क्षयरोगलाई लिएर समाजमा लाञ्छना लगाउने प्रवृत्ति छ। सामाजिक विभेदका कारण बिरामीहरू खुलेर उपचारमा नजाने, एउटै ठाउँमा सुत्ने जस्ता व्यवहारले संक्रमणदर बढाएको उनको भनाइ छ।
४२ प्रतिशत क्षयरोगी उपचार बाहिर

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार अनुमानित कुल संक्रमितमध्ये ४२ प्रतिशत उपचार बाहिर रहेका छन्। सोमबार विश्व क्षयरोग दिवसको अवसरमा यो तथ्यांक सार्वजनिक गरिएको हो। विश्व स्वास्थ्य संगठनको पछिल्लो सर्वेक्षणअनुसार नेपालमा ६७ हजार नयाँ क्षयरोगी हुनुपर्नेमा ३९ हजार १ सय ५१ जना मात्र पहिचान भएका छन्, जुन ५८ प्रतिशत हो।
पहिचान भएका बिरामीमध्ये ३९ प्रतिशत महिला, ६१ प्रतिशत पुरुष र ५.६ प्रतिशत १५ वर्ष मुनिका छन्। उपचारमा रहेका बिरामीमध्ये ७२ प्रतिशतमा फोक्सोको क्षयरोग र २८ प्रतिशतमा अन्य अंगको क्षयरोग पहिचान भएको छ।


औषधि प्रतिरोधी क्षयरोगी: चुनौती
उपचारमा रहेका क्षयरोगीमध्ये ९८.३ प्रतिशत निको हुने दर रहेको केन्द्रले जनाएको छ। तर औषधि प्रतिरोधी क्षयरोगको उपचार सफलता अपेक्षाकृत कम रहेको छ। नेपालमा करिब २,४०० औषधि प्रतिरोधी क्षयरोगीमध्ये ६२५ जनाले मात्र उपचार गराइरहेका छन्। तीमध्ये ७४ प्रतिशत निको हुने र बाँकी २६ प्रतिशतको मृत्यु हुने गरेको छ।
निर्देशक पौडेलका अनुसार सबै बिरामीले पूर्ण रूपमा औषधि सेवन नगर्ने भएकाले पनि समस्या देखिएको हो। औषधि प्रतिरोधी क्षयरोगीले समुदायमा रोग फैलाउने जोखिम बढी हुने भएकाले यो समूह क्षयरोग वृद्धि गर्ने मुख्य कारण बनेको छ।
नेपालमा औषधि प्रतिरोधी क्षयरोगको दर उच्च रहेको र यो विश्वका ३० वटा उच्च दर भएका राष्ट्रमध्ये पर्ने केन्द्रले जनाएको छ।
नेपालले सन् २०५० भित्र क्षयरोग निवारण गर्ने लक्ष्य लिएको छ। तर हालको संक्रमणदरले चुनौती कायम रहेको निर्देशक पौडेल बताउँछन्। उनका अनुसार आवश्यक आर्थिक स्रोत, प्राविधिक तथा स्वास्थ्य जनशक्तिको कमी, सामाजिक लाञ्छना र स्रोत–साधनको अभाव प्रमुख चुनौती हुन्।
केन्द्रका अनुसार हालसम्म नेपालमा १४२ वटा केन्द्रमा PCR परीक्षण सेवा, १५ वटा क्षयरोग केन्द्रमा माइक्रोस्कोप सेवा, सातै प्रदेशमा १० वटा AI जडित एक्सरे मेसिन, तथा १४९ वटा पालिकालाई क्षयरोग मुक्त अभियानमा समावेश गरिसकिएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...

प्राथमिक स्वास्थ्य केन्द्रलाई लायन्स क्लब अफ पिस थाहाको दुई पानी ट्याङ्की सहयोग
FB_IMG_1789969780068-1789969818.jpg

थाहा । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एमको सहयोगमा लायन्स क्लब अफ पिस थाहाले प्राथमिक स्वास्थ्य केन्द्रलाई...

यताउति नहेरौँ, पेट्रोल पम्प अगाडि जाऔँ’—बजाजको झ्याम्मै एक्सचेन्ज अफर सुरु
1789877142284-1789877166.jpg

थाहा नगरपालिका–४ थानाबजारमा बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ’ एक्सचेन्ज मेला...

सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीदेखि खेलकुद सामग्रीसम्म सहयोग
20260918_160533-1789739610.jpg

  थाहा–२ अंगारे । थाहा नगरपालिका–२ स्थित सरस्वती आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक...

पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...