Tuesday, 17 Nov, 2026
worldlink1-1789963258.gif

खेल

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता

InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट प्रतियोगिताको उपाधि न्हुलगाउँ टोल विकास संस्थाले जितेको छ।
कार्तिक २१ गतेदेखि न्हुलगाउँ टोल विकास संस्थाको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको फाइनलमा शिखर क्लबलाई पराजित गर्दै आयोजक न्हुलगाउँ टोल विकास संस्था विजेता बनेको हो।
आज भएको रोमाञ्चक फाइनल खेलमा न्हुलगाउँले दिएको ७७ रनको लक्ष्य पछ्याएको शिखर क्लब अन्तिम ४ रनले लक्ष्य पूरा गर्नबाट चुक्यो। जितको निकै नजिक पुगेको शिखर क्लबका खेलाडी सम्हालिएर खेल्न नसक्दा सबै विकेट गुमाउँदै पराजित हुन पुग्यो।
उपाधिसँगै विजेता न्हुलगाउँ टोल विकास संस्थाले नगद ४५ हजार रुपैयाँसहित शिल्ड तथा मेडल प्राप्त गरेको छ भने उपविजेता शिखर क्लबले नगद २० हजार रुपैयाँसहित ट्रफी तथा मेडलमा चित्त बुझाएको छ।
तेस्रो भएको बिशिन्ख्खेल टाइगर्सले नगद १० हजार प्राप्त गरेको छ।
प्रतियोगितामा उत्कृष्ट रनर शिखरका उज्वल रायमाझी घोषित हुँदा उदयमान खेलाडी शिखरकै आर्यन कार्की हुन सफल भए भने प्रतियोगितामा सर्वाधिक विकेट ख्याग राइडर्सका मनोज महर्जनले लिए ।

प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो। जसमा ख्याग राइडर्स, न्हुलगाउँ टोल विकास संस्था, बिशिङ्खेल टाइगर्स, बाराही लाइन्स, गोपाली–XI र शिखर क्लब सहभागी थिए।
प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले पुरस्कार वितरण गरेका थिए।
न्हुलगाउँ टोल विकास संस्थाका अध्यक्ष मोहनकुमार गोपालीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा थाहा नगर खेलकुद विकास समितिका संयोजक टीकाराम स्याङ्तानको विशिष्ट आतिथ्यता रहेको थियो।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता
InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट...

थाहा–१० बिसिङ्खेलमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
InShot_20261114_201206317-1794666583.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलस्थित गणेशमान सिंह सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा...

इतिहास र पर्यटन जोड्दै थानकोट–चित्लाङ क्रसकन्ट्री दौड सम्पन्न, धर्म महर्जन बने विजेता
FB_IMG_1794664053593-1794664067.jpg

थाहा  ऐतिहासिक थानकोटदेखि पर्यटकीय गन्तव्य चित्लाङसम्म आयोजना गरिएको थानकोट–चित्लाङ १० माइल क्रसकन्ट्री...

न्हुलगाउँ T20 कपको फाइनलमा शिखर क्लब
FB_IMG_1794491726687-1794491749.jpg

थाहा–१०, न्हुलगाउँमा जारी थाहा नगरस्तरीय न्हुलगाउँ T20 कप क्रिकेट प्रतियोगितामा शिखर क्लब फाइनलमा प्रवेश गरेको...

चिसापानीगढीमा ७ सय मिटर तल खस्यो ईभी, १० जनाको घटनास्थलमै मृत्यु
FB_IMG_1794449950082-1794453158.jpg

हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी...

सुनाखरी पैदल मार्गमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन सुरु, अमेरिका, युरोप र अस्ट्रेलियाका २१ पर्यटकद्वारा भ्रमण
FB_IMG_1794448158994-1794448194.jpg

मकवानपुर। थाहा नगरपालिकाको चित्लाङदेखि सिमभञ्ज्याङसम्म फैलिएको सुनाखरी पैदल मार्गमा अन्तर्राष्ट्रिय...

नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg