pani-1786865868.jpg
Friday, 06 Nov, 2026
worldlink1-1789963258.gif

खेल

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने

file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास संस्थाको आयोजनामा हुने प्रतियोगिता आगामी कार्तिक २१ गतेदेखि सुरु भई कार्तिक २८ गते सम्पन्न हुनेछ।
प्रतियोगितामा ६ टोलीले सहभागिता जनाउने भएका छन्। सहभागी टोलीहरू न्हुलगाउँ टोल विकास संस्था, ख्याग राइडर्स, बिसिङखेल टाइगर्स, बाराही लायन्स, शिखर क्लब र गोपाली सिभिटिज रहेका छन्।
प्रतियोगिता लिग प्रणालीमा सञ्चालन हुनेछ, जहाँ सबै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। लिग चरणपछि अंकतालिकाको शीर्ष तीन टोली फाइनल चरणमा प्रवेश गर्नेछन्। पहिलो स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच नकआउट खेल हुनेछ। उक्त खेलको विजेताले फाइनलमा पहिलो स्थानको टोलीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ भने पराजित टोली तेस्रो स्थानमा रहनेछ।
लिग चरणमा दुई वा सोभन्दा बढी टोलीको अंक बराबर भएमा नेट रनरेट (NRR) का आधारमा अन्तिम स्थान निर्धारण गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन कार्यक्रम कार्तिक २१ गते बिहान १० बजेबाट सुरु हुनेछ। उद्घाटनका अवसरमा फोटो सेसनसमेत आयोजना गरिने भएकाले सबै टोलीका कप्तानलाई अनिवार्य रूपमा बिहान १० बजे नै खेल मैदानमा उपस्थित हुन आयोजकले अनुरोध गरेको छ।
प्रतियोगिताअन्तर्गत कार्तिक २१ गते दुई, २२ गते तीन, २३ गते तीन, २४ गते दुई, २६ गते तीन र २७ गते दुई खेल सञ्चालन हुनेछन्। कार्तिक २५ गते भने कुनै खेल राखिएको छैन। प्रतियोगिताको नकआउट खेल र फाइनल कार्तिक २८ गते हुनेछ।
खेल तालिका
कार्तिक २१ गते
बिहान ११:०० बजे: न्हुलगाउँ टोल विकास संस्था विरुद्ध ख्याग राइडर्स
दिउँसो २:०० बजे: बिसिङखेल टाइगर्स विरुद्ध बाराही लायन्स
कार्तिक २२ गते
बिहान १०:३० बजे: शिखर क्लब विरुद्ध गोपाली सिभिटिज
दिउँसो १२:३० बजे: ख्याग राइडर्स विरुद्ध बिसिङखेल टाइगर्स
दिउँसो २:३० बजे: न्हुलगाउँ टोल विकास संस्था विरुद्ध बाराही लायन्स
कार्तिक २३ गते
बिहान ९:३० बजे: ख्याग राइडर्स विरुद्ध बाराही लायन्स
दिउँसो १२:०० बजे: बिसिङखेल टाइगर्स विरुद्ध शिखर क्लब
दिउँसो २:३० बजे: न्हुलगाउँ टोल विकास संस्था विरुद्ध गोपाली सिभिटिज
कार्तिक २४ गते
बिहान ११:०० बजे: ख्याग राइडर्स विरुद्ध शिखर क्लब
दिउँसो २:०० बजे: गोपाली सिभिटिज विरुद्ध बाराही लायन्स
कार्तिक २६ गते
बिहान ९:३० बजे: ख्याग राइडर्स विरुद्ध गोपाली सिभिटिज
दिउँसो १२:०० बजे: न्हुलगाउँ टोल विकास संस्था विरुद्ध बिसिङखेल टाइगर्स
दिउँसो २:३० बजे: बाराही लायन्स विरुद्ध शिखर क्लब
कार्तिक २७ गते
बिहान ११:०० बजे: गोपाली सिभिटिज विरुद्ध बिसिङखेल टाइगर्स
दिउँसो २:०० बजे: न्हुलगाउँ टोल विकास संस्था विरुद्ध शिखर क्लब
कार्तिक २८ गते
बिहान ९:०० बजे: दोस्रो स्थान विरुद्ध तेस्रो स्थान (नकआउट)
दिउँसो १:०० बजे: फाइनल (पहिलो स्थान विरुद्ध नकआउट विजेता)
प्रतियोगिताले स्थानीयस्तरमा क्रिकेट खेलको विकास, खेलाडीको प्रतिभा प्रस्फुटन तथा खेलकुदप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

भीमफेदीको सोलाभन्ज्याङमा ‘उज्यालो संवाद’: सिंगो गाउँ उज्यालोमय
FB_IMG_1793419429045-1793419445.jpg

भीमफेदी, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ स्थित सोलाभन्ज्याङमा उज्यालो नेपाल पार्टीले...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg