pani-1786865868.jpg
Tuesday, 03 Nov, 2026
worldlink1-1789963258.gif

राजनीति

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न

FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला तथा स्थानीय नागरिकहरूसँग 'उज्यालो संवाद' कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
‎कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टी छाडेर भर्खरै मात्र उज्यालो नेपाल पार्टीमा प्रवेश गर्नुभएका नेता लोकबहादुर घिसिङले आम नागरिकहरूलाई उज्यालो नेपाल पार्टीमा आबद्ध हुन आह्वान गर्नुभयो । उहाँले पार्टीसँग नेपाली माटो सुहाउँदो स्पष्ट कार्यक्रम रहेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन सक्ने ठोस आधार उज्यालो नेपाल पार्टीसँग मात्र रहेको दाबी गर्नुभयो ।
‎नेता घिसिङले पार्टी अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा जल, जमिन, जंगल र जडीबुटीको व्यावसायिक उत्खनन, उत्पादन, बिक्री-वितरण तथा बजारीकरणमार्फत नेपाली जनतालाई वास्तविक समृद्धि दिलाउन सकिने बताउनुभयो । सोही सम्भावना र प्रतिबद्धताका कारण सबैलाई उज्यालो नेपाल पार्टीमा जोडिन उहाँले अनुरोध गर्नुभयो ।
‎यस्तै, कार्यक्रममा बोल्दै उज्यालो नेपाल पार्टीका भीमफेदी गाउँपालिका अध्यक्ष आशिष असलामीले समृद्धि, सुशासन र सामाजिक न्यायका लागि उज्यालो नेपाल पार्टीको गठन भएको स्पष्ट पार्नुभयो । उहाँले उज्यालो नेपाल पार्टीले नै नेपाली जनतालाई वास्तविक समृद्धि र निकास दिन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
‎विशेष अभियानका रूपमा सञ्चालित उक्त कार्यक्रममा नयाँ सदस्यहरूलाई सदस्यता वितरण, टोल कमिटी गठनका साथै उज्यालो नेपाल पार्टीको नीति, विचार र भावी कार्यक्रमका बारेमा स्थानीयहरूलाई विस्तृत जानकारी गराइएको थियो ।
‎कार्यक्रममा पार्टीका कोषाध्यक्ष योगेन घलानका साथै नेताहरू मानव तामाङ, राजीव तामाङ, विजय थिङ लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

भीमफेदीको सोलाभन्ज्याङमा ‘उज्यालो संवाद’: सिंगो गाउँ उज्यालोमय
FB_IMG_1793419429045-1793419445.jpg

भीमफेदी, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ स्थित सोलाभन्ज्याङमा उज्यालो नेपाल पार्टीले...

चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg