pani-1786865868.jpg
Wednesday, 14 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक सरसल्लाह तथा समन्वय विषयक एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
असोज २७ गते वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्र टिष्टुङका फिल्ड अफिसर अरुण चौधरी, दामन वनस्पति केन्द्रका फिल्ड अफिसर पुनम चौधरीलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो।
कार्यक्रममा वनस्पति खेतीको सम्भावना, खेती गर्ने प्राविधिक विधि, उपयुक्त प्रजातिको छनोट तथा वनस्पति खेतीलाई व्यवस्थित र व्यावसायिक बनाउने विषयमा सरसल्लाह तथा समन्वय गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीले वनस्पति खेतीलाई वातावरण संरक्षणसँगै स्थानीयको आयआर्जन र आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए। उनले वनस्पति खेती गर्दा उपयुक्त प्रजातिको छनोट, माटो र हावापानीको अनुकूलता, वैज्ञानिक खेती प्रविधि तथा नियमित हेरचाहमा ध्यान दिनुपर्नेमा जोड दिए।
उनले वनस्पति खेतीसम्बन्धी प्राविधिक ज्ञान र सीपको उपयोग गर्दै स्थानीयस्तरमा उपलब्ध सम्भावनालाई सदुपयोग गर्न सके यस क्षेत्रको वनस्पति विविधता संरक्षण तथा व्यावसायिक खेती प्रवर्द्धनमा सहयोग पुग्ने धारणा व्यक्त गरे।
अभिमुखीकरण कार्यक्रमले स्थानीयवासीलाई वनस्पति खेतीसम्बन्धी प्राविधिक जानकारी उपलब्ध गराउनुका साथै वनस्पति अनुसन्धान केन्द्र र स्थानीय समुदायबीच समन्वय तथा सहकार्य अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

FB_IMG_1791885917057-1791886105.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...