pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

थाहाको १० नम्बर वडामा एक दिने बाली उपचार सिविर सम्पन्न

FB_IMG_1751096475502-1751096645.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १० टौखेलमा एकदिने बाली उपचार शिविर भएको छ । बाली संरक्षण प्रयोगशाला ललितपुरको आयोजना तथा वडा कार्यालयको समन्वयमा शिविर भएको हो ।
शिविरमा स्थानीय किसानहरुको बालीमा लागेको रोग किराको विषयमा परीक्षण गरिएको थियो । रोग लागेको विरुवाहरु शिविरमा राखिएको प्रयोगशालामा परीक्षण लागि किसानहरुले लगेका थिए । किसानहरुको खेतबारीमा रोपेको बालीको नमुना परीक्षणमा ल्याउनको लागि थाहा नगरपालिका ९ र १० की कृषि प्राविधिक कमला सुवेदीले सजहीकरण गरेकी थिइन् । शिविरमा किसानले ल्याएका रोगी बालीको नमुना बाली संरक्षण प्रयोगशाला अधिकृत सरिता सापकोटा, कृषि प्राविधिकहरु दिपेन्द्र प्रसाद कुश्वाह, सुमला राई तथा थाहा नगरपालिकार्की कृषि प्राविधिक सुवेदीले परीक्षण गरेका थिए ।

शविरमा गोलेभेडा, भेडे खुर्सानी, भण्टालगायतको बालीमा लागेको रोगकिराको परीक्षण गरिएको थियो । शिविर किसानहरुको आवश्यकतामा आधारित भएको बताइएको थियो । यसरी प्रयोगशाला मार्फत रोग किराको विषयमा जानकारी पाउँदा बाली उपचार तथा किरा नियन्त्रणमा सहयोग पुगेको किसानहरुले प्रतिक्रिया दिएका थिए । शिविरमा आएका किसानहरुलाई बाली उपचारमा प्रयोग हुने केही ढुसीनाशक, किरानाशक तथा टुटा नियन्त्रणका विषादी तथा सामग्रीहरु पनि वितरण गरिएको थियो ।
थाहा नगरपालिका १० नम्बर वडा कार्यालयमा भएको शिविरमा वडाध्यक्ष हिरा बहादुर गमाल, वडा सदस्यहरु बिनोद बस्नेत, उत्तम गोपाली, भक्ती परियार तथा शर्मिला बस्नेलगायतकाको उपस्थिती रहेको थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg