pani-1786865868.jpg
Sunday, 01 Nov, 2026
worldlink1-1789963258.gif

कृषि

साना किसान बज्रबाराही द्वारा बाली उपचार (प्लान्ट क्लिनिक) शिविर सम्पन्न, करिब २०० कृषक लाभान्वित

FB_IMG_1781624623120-1781624964.jpg

थाहा, मकवानपुर । राष्ट्रिय कीट विज्ञान अनुसन्धान केन्द्र, खुमलटार ललितपुरको आयोजनामा तथा राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र, खुमलटार ललितपुरको सह-आयोजनामा साना किसान कृषि सहकारी संस्था लिमिटेड, बज्रबाराहीसँगको सहकार्यमा सञ्चालन गरिएको बाली उपचार (प्लान्ट क्लिनिक) शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
मिति २०८३ साल असार २ गते मंगलबार थाहा नगरपालिका वडा नं. ६ को कार्यालय प्राङ्गणमा बिहान १० बजेबाट सञ्चालन भएको शिविरमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक तथा प्राविधिकहरूले कृषकहरूलाई प्रत्यक्ष विशेषज्ञ सेवा प्रदान गरेका थिए।
शिविरमा कृषकहरूले आफ्ना बालीमा देखिएका विभिन्न प्रकारका किरा, रोग तथा क्षतिग्रस्त बिरुवाका नमुनाहरू ल्याई परीक्षण तथा परामर्श सेवा लिएका थिए। कार्यक्रममा करिब २०० जना कृषकहरूको सहभागिता रहेको थियो।
विशेषज्ञहरूले बालीमा देखिएका समस्याहरूको पहिचान गरी रोग तथा किराको व्यवस्थापन, नियन्त्रणका उपाय, सुरक्षित विषादी प्रयोग तथा आधुनिक कृषि प्रविधिबारे जानकारी दिएका थिए। शिविरबाट कृषकहरूले आफ्ना बालीका समस्याको समाधानका लागि आवश्यक प्राविधिक सुझाव प्राप्त गरेको बताएका छन्।
कृषकहरूको उत्साहजनक सहभागिता रहेको उक्त बाली उपचार शिविर कृषि उत्पादन वृद्धि तथा बाली संरक्षणमा उपयोगी हुने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

FB_IMG_1781624632704-1781624969.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
भीमफेदीको सोलाभन्ज्याङमा ‘उज्यालो संवाद’: सिंगो गाउँ उज्यालोमय
FB_IMG_1793419429045-1793419445.jpg

भीमफेदी, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ स्थित सोलाभन्ज्याङमा उज्यालो नेपाल पार्टीले...

चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg