pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

थाहाको कृषि बिज्ञान केन्द्र झम्केश्वरीमा दुई दिने बाख्रापालन तथा व्यवस्थापन तालिम सुरु

1766837074391-1766837502.jpg

कृषि तथा वन विज्ञान विश्वविद्यालय, अनुसन्धान तथा प्रसार निर्देशनालय, कृषि विज्ञान केन्द्र पालुङको आयोजनामा कृषकहरूको सीप तथा प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बाख्रापालन तथा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सुरु भएको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय, अनुसन्धान तथा प्रसार निर्देशनालय, रामपुर चितवनको आयोजना तथा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र, खुमलटार ललितपुरको सहकार्यमा सञ्चालन भएको तालिम आज थाहा नगरपालिका–१, ओखरबजारस्थित कृषि विज्ञान केन्द्रको सभाहलमा विधिवत् रूपमा उद्घाटन गरिएको हो।
तालिम थाहा नगरपालिका वडा नं. १, ४ र ५ का पशुपालक कृषकहरूलाई लक्षित गरी आयोजना गरिएको हो। बाख्रापालनमा देखिने समस्या, वैज्ञानिक व्यवस्थापन, रोग नियन्त्रण, पोषण व्यवस्थापन, प्रजनन प्रविधि तथा उत्पादन वृद्धि सम्बन्धी विषयमा सहभागी कृषकहरूलाई व्यवहारिक र प्राविधिक जानकारी प्रदान गरिने आयोजकले जनाएको छ।
तालिममा कृषि तथा वन विज्ञान विश्वविद्यालय, अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्राध्यापक डा. निराजन भट्टराईको विशेष उपस्थिती रहेको थियो। साथै,कार्यक्रममा  नार्क अन्तर्गत पशु तथा मत्स्य अनुसन्धान निर्देशनालयकी निर्देशक एवं प्रमुख वैज्ञानिक डा. नीना अमात्य गोर्खाली, वैज्ञानिक डा. सरोज सापकोटा तथा बरिष्ठ प्राविधिक अधिकृत भोजराज पोख्रेलले सहजीकरण गर्नुहुनेछ।
आयोजकका अनुसार, यस किसिमका तालिमहरूले स्थानीय कृषकहरूको उत्पादन क्षमता बढाउनुका साथै व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...