pani-1786865868.jpg
Tuesday, 06 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

थाहाको कृषि बिज्ञान केन्द्र झम्केश्वरीमा दुई दिने बाख्रापालन तथा व्यवस्थापन तालिम सुरु

1766837074391-1766837502.jpg

कृषि तथा वन विज्ञान विश्वविद्यालय, अनुसन्धान तथा प्रसार निर्देशनालय, कृषि विज्ञान केन्द्र पालुङको आयोजनामा कृषकहरूको सीप तथा प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बाख्रापालन तथा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सुरु भएको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय, अनुसन्धान तथा प्रसार निर्देशनालय, रामपुर चितवनको आयोजना तथा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र, खुमलटार ललितपुरको सहकार्यमा सञ्चालन भएको तालिम आज थाहा नगरपालिका–१, ओखरबजारस्थित कृषि विज्ञान केन्द्रको सभाहलमा विधिवत् रूपमा उद्घाटन गरिएको हो।
तालिम थाहा नगरपालिका वडा नं. १, ४ र ५ का पशुपालक कृषकहरूलाई लक्षित गरी आयोजना गरिएको हो। बाख्रापालनमा देखिने समस्या, वैज्ञानिक व्यवस्थापन, रोग नियन्त्रण, पोषण व्यवस्थापन, प्रजनन प्रविधि तथा उत्पादन वृद्धि सम्बन्धी विषयमा सहभागी कृषकहरूलाई व्यवहारिक र प्राविधिक जानकारी प्रदान गरिने आयोजकले जनाएको छ।
तालिममा कृषि तथा वन विज्ञान विश्वविद्यालय, अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्राध्यापक डा. निराजन भट्टराईको विशेष उपस्थिती रहेको थियो। साथै,कार्यक्रममा  नार्क अन्तर्गत पशु तथा मत्स्य अनुसन्धान निर्देशनालयकी निर्देशक एवं प्रमुख वैज्ञानिक डा. नीना अमात्य गोर्खाली, वैज्ञानिक डा. सरोज सापकोटा तथा बरिष्ठ प्राविधिक अधिकृत भोजराज पोख्रेलले सहजीकरण गर्नुहुनेछ।
आयोजकका अनुसार, यस किसिमका तालिमहरूले स्थानीय कृषकहरूको उत्पादन क्षमता बढाउनुका साथै व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...