pani-1786865868.jpg
Friday, 20 Nov, 2026
worldlink1-1789963258.gif

आर्थिक खबर

थाहामा १५औँ राष्ट्रिय कर दिवस मनाइयो, कर शिक्षा र कर छुटबारे जानकारी

FB_IMG_1795096641026-1795096655.jpg

थाहा । ‘कर न्याय र सुशासन सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित १५औँ राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मकवानपुरको थाहा नगरपालिकामा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
आन्तरिक राजस्व कार्यालय मकवानपुरको आयोजनामा तथा थाहा नगरपालिका र थाहा नगर उद्योग वाणिज्य संघको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर बिष्टको प्रमुख आतिथ्यता तथा आन्तरिक राजस्व कार्यालय मकवानपुरकी प्रमुख लक्ष्मी पराजुलीको अध्यक्षता रहेको थियो। कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ, कर अधिकृत सुनिता पौडेललगायतको विशिष्ट उपस्थिति रहेको थियो।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रवक्ता ध्रुवबहादुर घलानले कर शिक्षा सम्बन्धी अभिमुखीकरण गर्दै करको महत्व, करदाताको दायित्व, कर प्रणाली, करसम्बन्धी कानुनी व्यवस्था तथा कर अनुपालनका विषयमा जानकारी गराएका थिए।
अभिमुखीकरणका क्रममा आर्थिक ऐन, २०८३ ले व्यवस्था गरेका विभिन्न कर छुट तथा सहुलियतसम्बन्धी प्रावधानबारे समेत जानकारी गराइएको थियो। यसले उद्योगी तथा व्यवसायीलाई आफूले पाउने कर छुट र सहुलियतका व्यवस्थाबारे बुझ्न तथा करसम्बन्धी कानुनी प्रावधानको पालना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा राजकुमार विक, धनबहादुर कट्टुवाललगायत थाहा नगरका उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा कर प्रणालीलाई पारदर्शी, व्यवस्थित र नागरिकमैत्री बनाउँदै करदातालाई करसम्बन्धी आवश्यक सूचना तथा सेवा सहज रूपमा उपलब्ध गराउनुपर्ने विषयमा समेत छलफल गरिएको थियो।
राष्ट्रिय कर दिवसले करदाता र राज्यबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै करप्रति नागरिकको सचेतना अभिवृद्धि, स्वेच्छिक कर सहभागिता र सुशासन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा ठूलो एकादशी मेलाको तयारी पूरा, माछामासु, मदिरा र जुवाजन्य खेलमा प्रतिबन्ध
FB_IMG_1795097044022-1795097058.jpg

कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीको अवसरमा प्रशिद्ध ऋषेश्वर स्थानमा लाग्ने मेलाको तयारी पूरा भएको छ...

थाहामा १५औँ राष्ट्रिय कर दिवस मनाइयो, कर शिक्षा र कर छुटबारे जानकारी
FB_IMG_1795096641026-1795096655.jpg

थाहा । ‘कर न्याय र सुशासन सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित १५औँ राष्ट्रिय कर दिवस २०८३...

किसिपिडीका १४ वर्षीया किशोरी हराइन्, खोजीका लागि परिवारको अपिल
FB_IMG_1795054167484_1-1795054213.jpg

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–किसिपिडीस्थित श्री जनकल्याण विद्यालय नजिकबाट १४ वर्षीया किशोरी...

थाहावासीलाई काठमाडौंका अस्पतालमा उपचार सहुलियत
AISelect_20261118_191003_-1795008614.jpg

मकवानपुरको थाहा नगरपालिकाबासीले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्।...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’
FB_IMG_1794908167086-1794908302.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा...

भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता
InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट...

थाहा–१० बिसिङ्खेलमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
InShot_20261114_201206317-1794666583.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलस्थित गणेशमान सिंह सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा...

इतिहास र पर्यटन जोड्दै थानकोट–चित्लाङ क्रसकन्ट्री दौड सम्पन्न, धर्म महर्जन बने विजेता
FB_IMG_1794664053593-1794664067.jpg

थाहा  ऐतिहासिक थानकोटदेखि पर्यटकीय गन्तव्य चित्लाङसम्म आयोजना गरिएको थानकोट–चित्लाङ १० माइल क्रसकन्ट्री...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg