pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

पालुङ बहुउद्देश्यीय सहकारीको २६औँ साधारणसभा सम्पन्न, कुल सम्पत्ति १ अर्ब २७ करोड नाघ्यो।

FB_IMG_1766586323818-1766590057.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका संस्थापक अध्यक्ष बिष्णुहरी ढकालको प्रमुख आतिथ्यता तथा अध्यक्ष कृष्णबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न साधारणसभामा आर्थिक प्रगति, भावी योजना र सामाजिक उत्तरदायित्वका कार्यक्रम सार्वजनिक गरिएका छन्।
अध्यक्ष बिष्टले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ सम्म संस्थामा ६ हजार ८ सय ४० जना शेयर सदस्य र ४ हजार ६५ जना लघुवित्त सदस्य गरी कुल १० हजार ९ सय ५ जना वित्तीय कारोबार गर्ने सदस्य पुगेका छन्। संस्थाको कुल सम्पत्ति १ अर्ब २७ करोड पुगेको छ भने शेयर पुँजी ९ करोड ९५ लाख, बचत संकलन ८८ करोड ४४ लाख र ऋण प्रवाह १ अर्ब ८ करोड रहेको छ।

प्रतिवेदनअनुसार सहकारीले हेटौंडा र बज्रबाराही सेवा केन्द्र सञ्चालन गरिरहेको छ भने थाहा नगरपालिकाको चित्लाङ र काठमाडौंको कालिमाटीमा रहेको सरल बहुउद्देश्यीय सहकारीसँग एकीकरण गरी काठमाडौंमा समेत पालुङ बहुउद्देश्यीयको सेवा केन्द्र सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको छ। साथै थाहा शीत भण्डार परियोजना अन्तर्गत अन्तर–सहकारी सम्बन्ध विस्तार गर्दै शीत भण्डार सञ्चालन गर्ने योजना अघि सारिएको छ।
आर्थिक वर्ष २०८२/०८३ का लागि संस्थाले शेयर सदस्य संख्या ८ प्रतिशतले वृद्धि गर्ने, न्यूनतम शेयर रकम १० हजार कायम गर्ने र जिल्लाका सबै स्थानीय तहमा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ। सोही वर्ष बचत संकलन १५ प्रतिशतले वृद्धि गरी १ अर्ब पुर्‍याउने लक्ष्य तय गरिएको छ।
तरलता व्यवस्थापनतर्फ बाह्य कर्जाको भुक्तानीलाई प्राथमिकता दिँदै सदस्यहरूको बचत भुक्तानीमा असर नपर्ने गरी उच्च तरलता कायम गरिएको अध्यक्ष बिष्टले जानकारी दिनुभयो। कर्जा लगानीको लक्ष्य १००.०८ प्रतिशत हासिल भई १ अर्ब ८ करोड ९१ लाख पुगेको छ भने आगामी आर्थिक वर्षमा कर्जा लगानी १ अर्ब १५ करोड पुर्‍याउने लक्ष्य लिइएको छ।
संस्थाको खुद नाफा चालु आर्थिक वर्षमा ४८.२३ प्रतिशतले संकुचन भई १ करोड ६३ लाखमा सीमित भए पनि आगामी आर्थिक वर्ष २०८२/०८३ मा २९५ प्रतिशतले वृद्धि गरी ४ करोड ८२ लाख पुर्‍याउने लक्ष्य राखिएको छ।
साधारणसभामा लघुवित्त कार्यक्रम, रासायनिक मल वितरण, शीत भण्डार, तरकारी बजारीकरण, कृषि प्रविधि तथा हाईटेक नर्सरी, सहकारी पसललगायत कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो। लेखा सुपरिवेक्षण समितिका संयोजक कालीचरण बस्नेतले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो।
साधारणसभाको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विधामा सदस्यहरूलाई सम्मान गरिएको छ।
७५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक सम्मान अन्तर्गत लोककुमारी खत्री, चन्द्रबहादुर गोले, पम्फा कुमारी थापा, चन्द्रकुमारी कार्की, रामशरण बिष्ट, पूर्णबहादुर श्रेष्ठ, विष्णुमाया बलामी, बद्री केसी, तोकबहादुर गोपाली, कान्छी खत्री, लालमाया श्रेष्ठ, गणेशबहादुर शिवभक्ती, मिठाइ श्रेष्ठ, रामकृष्ण अधिकारी र धुर्वबहादुर अधिकारी लाई सम्मानसहित न्यानो कपडा वितरण गरिएको छ।
सुत्केरी सदस्य सम्मान अन्तर्गत प्रज्ञा ढकाल, रती पाण्डे, सुस्मा पाण्डे, गायत्री केसी, सत्यदेवी स्याङ्तान र निर्मला बिष्ट सम्मानित हुनुभएको छ।
२०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको छ। सामुदायिक विद्यालयतर्फ दर्शन कार्की (ज्ञानोदय माध्यमिक विद्यालय, काठमाडौं) ले ३.९६ जिपिए र अभिषेक जैशवाल (बज्रबाराही माध्यमिक विद्यालय) ले ३.७५ जिपिए प्राप्त गरी सम्मान पाउनुभयो। संस्थागत विद्यालयतर्फ अरविन कुमार कार्की (हिमालयन बोर्डिङ स्कुल) ले ३.८४ जिपिए र प्रनिशा केसी (हिमालयन बोर्डिङ स्कुल) ले ३.७४ जिपिए प्राप्त गरी उत्कृष्ट विद्यार्थी सम्मान प्राप्त गर्नुभयो।
उत्कृष्ट कारोबारतर्फ कर्जा विधामा थाहा–२ का मनिराज ढकाल र थाहा–१२ का भिमसेन स्याङ्तान तथा उत्कृष्ट बचततर्फ कैलाश–६ तितुङका पासाङ लामा लाई सम्मान गरिएको छ।
संस्थाको वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तथा बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका कोषाध्यक्ष पुरुषोत्तम कार्की, पूर्वअध्यक्षहरू बिमल कुमार ढकाल र उमेश प्रसाद ढकाल, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टलगायत पूर्व पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

FB_IMG_1766586319956-1766590057.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...