pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

आर्थिक खबर

पालुङ बहुउद्देश्यीय सहकारीको २६औँ साधारणसभा सम्पन्न, कुल सम्पत्ति १ अर्ब २७ करोड नाघ्यो।

FB_IMG_1766586323818-1766590057.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका संस्थापक अध्यक्ष बिष्णुहरी ढकालको प्रमुख आतिथ्यता तथा अध्यक्ष कृष्णबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न साधारणसभामा आर्थिक प्रगति, भावी योजना र सामाजिक उत्तरदायित्वका कार्यक्रम सार्वजनिक गरिएका छन्।
अध्यक्ष बिष्टले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ सम्म संस्थामा ६ हजार ८ सय ४० जना शेयर सदस्य र ४ हजार ६५ जना लघुवित्त सदस्य गरी कुल १० हजार ९ सय ५ जना वित्तीय कारोबार गर्ने सदस्य पुगेका छन्। संस्थाको कुल सम्पत्ति १ अर्ब २७ करोड पुगेको छ भने शेयर पुँजी ९ करोड ९५ लाख, बचत संकलन ८८ करोड ४४ लाख र ऋण प्रवाह १ अर्ब ८ करोड रहेको छ।

प्रतिवेदनअनुसार सहकारीले हेटौंडा र बज्रबाराही सेवा केन्द्र सञ्चालन गरिरहेको छ भने थाहा नगरपालिकाको चित्लाङ र काठमाडौंको कालिमाटीमा रहेको सरल बहुउद्देश्यीय सहकारीसँग एकीकरण गरी काठमाडौंमा समेत पालुङ बहुउद्देश्यीयको सेवा केन्द्र सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको छ। साथै थाहा शीत भण्डार परियोजना अन्तर्गत अन्तर–सहकारी सम्बन्ध विस्तार गर्दै शीत भण्डार सञ्चालन गर्ने योजना अघि सारिएको छ।
आर्थिक वर्ष २०८२/०८३ का लागि संस्थाले शेयर सदस्य संख्या ८ प्रतिशतले वृद्धि गर्ने, न्यूनतम शेयर रकम १० हजार कायम गर्ने र जिल्लाका सबै स्थानीय तहमा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ। सोही वर्ष बचत संकलन १५ प्रतिशतले वृद्धि गरी १ अर्ब पुर्‍याउने लक्ष्य तय गरिएको छ।
तरलता व्यवस्थापनतर्फ बाह्य कर्जाको भुक्तानीलाई प्राथमिकता दिँदै सदस्यहरूको बचत भुक्तानीमा असर नपर्ने गरी उच्च तरलता कायम गरिएको अध्यक्ष बिष्टले जानकारी दिनुभयो। कर्जा लगानीको लक्ष्य १००.०८ प्रतिशत हासिल भई १ अर्ब ८ करोड ९१ लाख पुगेको छ भने आगामी आर्थिक वर्षमा कर्जा लगानी १ अर्ब १५ करोड पुर्‍याउने लक्ष्य लिइएको छ।
संस्थाको खुद नाफा चालु आर्थिक वर्षमा ४८.२३ प्रतिशतले संकुचन भई १ करोड ६३ लाखमा सीमित भए पनि आगामी आर्थिक वर्ष २०८२/०८३ मा २९५ प्रतिशतले वृद्धि गरी ४ करोड ८२ लाख पुर्‍याउने लक्ष्य राखिएको छ।
साधारणसभामा लघुवित्त कार्यक्रम, रासायनिक मल वितरण, शीत भण्डार, तरकारी बजारीकरण, कृषि प्रविधि तथा हाईटेक नर्सरी, सहकारी पसललगायत कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो। लेखा सुपरिवेक्षण समितिका संयोजक कालीचरण बस्नेतले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो।
साधारणसभाको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विधामा सदस्यहरूलाई सम्मान गरिएको छ।
७५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक सम्मान अन्तर्गत लोककुमारी खत्री, चन्द्रबहादुर गोले, पम्फा कुमारी थापा, चन्द्रकुमारी कार्की, रामशरण बिष्ट, पूर्णबहादुर श्रेष्ठ, विष्णुमाया बलामी, बद्री केसी, तोकबहादुर गोपाली, कान्छी खत्री, लालमाया श्रेष्ठ, गणेशबहादुर शिवभक्ती, मिठाइ श्रेष्ठ, रामकृष्ण अधिकारी र धुर्वबहादुर अधिकारी लाई सम्मानसहित न्यानो कपडा वितरण गरिएको छ।
सुत्केरी सदस्य सम्मान अन्तर्गत प्रज्ञा ढकाल, रती पाण्डे, सुस्मा पाण्डे, गायत्री केसी, सत्यदेवी स्याङ्तान र निर्मला बिष्ट सम्मानित हुनुभएको छ।
२०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको छ। सामुदायिक विद्यालयतर्फ दर्शन कार्की (ज्ञानोदय माध्यमिक विद्यालय, काठमाडौं) ले ३.९६ जिपिए र अभिषेक जैशवाल (बज्रबाराही माध्यमिक विद्यालय) ले ३.७५ जिपिए प्राप्त गरी सम्मान पाउनुभयो। संस्थागत विद्यालयतर्फ अरविन कुमार कार्की (हिमालयन बोर्डिङ स्कुल) ले ३.८४ जिपिए र प्रनिशा केसी (हिमालयन बोर्डिङ स्कुल) ले ३.७४ जिपिए प्राप्त गरी उत्कृष्ट विद्यार्थी सम्मान प्राप्त गर्नुभयो।
उत्कृष्ट कारोबारतर्फ कर्जा विधामा थाहा–२ का मनिराज ढकाल र थाहा–१२ का भिमसेन स्याङ्तान तथा उत्कृष्ट बचततर्फ कैलाश–६ तितुङका पासाङ लामा लाई सम्मान गरिएको छ।
संस्थाको वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तथा बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका कोषाध्यक्ष पुरुषोत्तम कार्की, पूर्वअध्यक्षहरू बिमल कुमार ढकाल र उमेश प्रसाद ढकाल, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टलगायत पूर्व पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

FB_IMG_1766586319956-1766590057.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg