pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्थाको २५औँ वार्षिक साधारणसभा सम्पन्न

FB_IMG_1767354021533-1767354035.jpg

कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारणसभा पर्यटकीय स्थल दामनस्थित गौरीशंकर होटलमा पौष १९ गते सम्पन्न भएको छ। साधारणसभा संस्थाका अध्यक्ष शिवकुमार खत्रीको अध्यक्षता तथा पूर्व अध्यक्ष विनोदकुमार लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
साधारणसभामा अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष खत्रीले कृषकहरूबीच सामूहिक भावना र सहभागितामूलक विकासलाई प्राथमिकतामा राख्दै उनीहरूसँग उपलब्ध स्रोत–साधन र समयलाई अझ उत्पादनशील कार्यमा लगाइने बताउनुभयो। कृषकको सीप तथा क्षमता अभिवृद्धि, बचत गर्ने बानीको विकास, आवश्यक कृषि प्राविधिक सेवा, मल, बिउबिजन तथा उन्नत जातका पशु सुपथ मूल्यमा उपलब्ध गराउँदै बजार व्यवस्थापनलाई प्रभावकारी रूपमा समन्वय गरिने उहाँको भनाइ थियो। साथै बचत संकलन र कर्जा प्रवाहलाई सन्तुलित रूपमा अघि बढाउँदै आन्तरिक नियन्त्रण प्रणाली थप मजबुत बनाइएको उल्लेख गर्नुभयो।
आगामी आर्थिक वर्षमा सदस्य–केन्द्रित सेवा विस्तार, प्रविधिमैत्री प्रणालीको विकास, कर्जा जोखिम व्यवस्थापन मजबुत बनाउने तथा सामाजिक उत्तरदायित्वअन्तर्गत पालुङ क्याम्पसलाई प्रदान गर्दै आएको छात्रवृत्तिलाई निरन्तरता दिइने प्रतिवेदनमा उल्लेख गरिएको छ। साथै थाहा नगरपालिका र भीमफेदी गाउँपालिकाभर सदस्य विस्तार योजना अघि बढाइने जानकारी दिइयो।
साधारणसभामा सचिव सिताराम रुम्बाले सचिवीय प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक केदार केसीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो। कोषाध्यक्ष दानु गोपालीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार संस्थामा हाल ७२८ जना सदस्य, ८२ लाख रुपैयाँ सेयर पूँजी, ३ करोड ३ लाख रुपैयाँ कर्जा लगानी, २ करोड १७ लाख रुपैयाँ बचत संकलन भई कुल कारोबार ५ करोड रुपैयाँ पुगेको छ।
साधारणसभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने तथा ज्येष्ठ सदस्यहरूलाई सम्मान गरिएको थियो। बचततर्फ थाहा–१ का माधवप्रसाद बिडारी, उत्तमप्रसाद पौडेल र थाहा–४ की अञ्जली लो, कर्जातर्फ थाहा–३ का मनश्याम बस्नेत, जितेन्द्रकुमार, शिखर सप्लायर्स थाहा–३ का प्रो. विश्वनाथ रायमाझी तथा ज्येष्ठ सदस्य सम्मानतर्फ थाहा–४ की ईश्वरी खत्री गोतामे, थाहा–५ का मानसिंह भोम्जन र थाहा–४ का सप्तऋषि थिङ गोपाली सम्मानित हुनुभयो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...