pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

आर्थिक खबर

कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्थाको २५औँ वार्षिक साधारणसभा सम्पन्न

FB_IMG_1767354021533-1767354035.jpg

कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारणसभा पर्यटकीय स्थल दामनस्थित गौरीशंकर होटलमा पौष १९ गते सम्पन्न भएको छ। साधारणसभा संस्थाका अध्यक्ष शिवकुमार खत्रीको अध्यक्षता तथा पूर्व अध्यक्ष विनोदकुमार लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
साधारणसभामा अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष खत्रीले कृषकहरूबीच सामूहिक भावना र सहभागितामूलक विकासलाई प्राथमिकतामा राख्दै उनीहरूसँग उपलब्ध स्रोत–साधन र समयलाई अझ उत्पादनशील कार्यमा लगाइने बताउनुभयो। कृषकको सीप तथा क्षमता अभिवृद्धि, बचत गर्ने बानीको विकास, आवश्यक कृषि प्राविधिक सेवा, मल, बिउबिजन तथा उन्नत जातका पशु सुपथ मूल्यमा उपलब्ध गराउँदै बजार व्यवस्थापनलाई प्रभावकारी रूपमा समन्वय गरिने उहाँको भनाइ थियो। साथै बचत संकलन र कर्जा प्रवाहलाई सन्तुलित रूपमा अघि बढाउँदै आन्तरिक नियन्त्रण प्रणाली थप मजबुत बनाइएको उल्लेख गर्नुभयो।
आगामी आर्थिक वर्षमा सदस्य–केन्द्रित सेवा विस्तार, प्रविधिमैत्री प्रणालीको विकास, कर्जा जोखिम व्यवस्थापन मजबुत बनाउने तथा सामाजिक उत्तरदायित्वअन्तर्गत पालुङ क्याम्पसलाई प्रदान गर्दै आएको छात्रवृत्तिलाई निरन्तरता दिइने प्रतिवेदनमा उल्लेख गरिएको छ। साथै थाहा नगरपालिका र भीमफेदी गाउँपालिकाभर सदस्य विस्तार योजना अघि बढाइने जानकारी दिइयो।
साधारणसभामा सचिव सिताराम रुम्बाले सचिवीय प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक केदार केसीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो। कोषाध्यक्ष दानु गोपालीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार संस्थामा हाल ७२८ जना सदस्य, ८२ लाख रुपैयाँ सेयर पूँजी, ३ करोड ३ लाख रुपैयाँ कर्जा लगानी, २ करोड १७ लाख रुपैयाँ बचत संकलन भई कुल कारोबार ५ करोड रुपैयाँ पुगेको छ।
साधारणसभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने तथा ज्येष्ठ सदस्यहरूलाई सम्मान गरिएको थियो। बचततर्फ थाहा–१ का माधवप्रसाद बिडारी, उत्तमप्रसाद पौडेल र थाहा–४ की अञ्जली लो, कर्जातर्फ थाहा–३ का मनश्याम बस्नेत, जितेन्द्रकुमार, शिखर सप्लायर्स थाहा–३ का प्रो. विश्वनाथ रायमाझी तथा ज्येष्ठ सदस्य सम्मानतर्फ थाहा–४ की ईश्वरी खत्री गोतामे, थाहा–५ का मानसिंह भोम्जन र थाहा–४ का सप्तऋषि थिङ गोपाली सम्मानित हुनुभयो।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg