jkmv-english-1784299234.jpg
Monday, 20 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

शिखर बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न

FB_IMG_1767107838307-1767107863.jpg

थाहा/ पौष १५-  शिखर बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा आज पालुङ जेसीज सभाहलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मनोज रायमाझीको अध्यक्षतामा र संस्थापक अध्यक्ष मधुसूदन बिष्टको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संस्थाका संचालक समितिका सदस्यहरू, उपसमिती संयोजकहरू र अन्य सम्माननीय सदस्यहरूको उपस्थिती रहेको थियो।
साधारणसभामा संस्थाका अध्यक्ष मनोज रायमाझीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले "समुन्नत भविष्यको साहारा", "नियमित कारोबार", "उत्तरदायी व्यवहार", र "सुसूचित शेयर सदस्य हाम्रो अभियान" भन्ने मुल नाराका साथ आफ्नो गतिविधिहरू अगाडि बढाएको उल्लेख गरे। उनले भने, "संस्थाले सदस्यहरूलाई वित्तीय साक्षरता कार्यक्रम, शिक्षा सहयोग, स्वास्थ्य सचेतना, र व्यावसायिक प्रवर्द्धन जस्ता महत्त्वपूर्ण कार्यहरूमा सामेल गराएको छ।"
प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले संस्थागत विकास र वित्तीय क्षमता दुवै पक्षमा सकारात्मक सुधार हासिल गरेको छ। सामाजिक उत्तरदायित्वको हिस्सा स्वरुप संस्थाले सदस्य सन्न्तती छात्रवृत्ति, सहकारीमा उत्कृष्ट वित्तीय कारोबार गर्ने सदस्यलाई पुरस्कृत, कर्मचारी सम्मान र वृद्ध सदस्य सम्मान जस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ। आगामी वर्षमा, संस्थाले व्यावसायिकता र मितव्ययी व्यवहारमा जोड दिने, ऋणीको आर्थिक विश्लेषण र ऋणको जोखिम घटाउन अनुगमन गर्ने योजनाहरू रहेको अध्यक्ष रायमाझीले जानकारी दिए।
कोषाध्यक्ष निरज रायमाझीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा हाल १४ सय ९८ शेयर सदस्य रहेको र शेयर पूंजी १ करोड ४४ लाख २३ हजार ८ सय पुगेको जानकारी दिए। संस्थाले निक्षेप संकलन ८ करोड ३१ लाख ५५ हजार ४ सय र ऋण लगानी ८ करोड ४९ लाख गरेको, जसको आम्दानी १,३०,५६,०२४ रहेको छ। संस्थाको कुल सम्पत्ति ११ करोड ७ लाख नाघेको छ।
लेखा समिती संयोजक लक्ष्मी कार्कीले पनि आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक पारदर्शिता र सुशासनमा ध्यानाकर्षण गरिन्। यस अवसरमा संस्थाले सहकार्य गर्ने संस्था च्वाइस नेपाललाई सम्मानित गर्‍यो र उत्कृष्ट कारोबार गर्ने सदस्यहरूलाई विशेष सम्मान दिइयो।
यस साधारणसभामा संस्थाका आगामी योजनाहरू र कार्यक्रमहरूको प्रतिवेदन प्रस्तुत गरिएको थियो जसले संस्थाको भविष्यमा अझ समृद्धि र प्रगति गर्ने दिशामा मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

FB_IMG_1767107845820-1767107863.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...