pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

आर्थिक खबर

शिखर बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न

FB_IMG_1767107838307-1767107863.jpg

थाहा/ पौष १५-  शिखर बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा आज पालुङ जेसीज सभाहलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मनोज रायमाझीको अध्यक्षतामा र संस्थापक अध्यक्ष मधुसूदन बिष्टको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संस्थाका संचालक समितिका सदस्यहरू, उपसमिती संयोजकहरू र अन्य सम्माननीय सदस्यहरूको उपस्थिती रहेको थियो।
साधारणसभामा संस्थाका अध्यक्ष मनोज रायमाझीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले "समुन्नत भविष्यको साहारा", "नियमित कारोबार", "उत्तरदायी व्यवहार", र "सुसूचित शेयर सदस्य हाम्रो अभियान" भन्ने मुल नाराका साथ आफ्नो गतिविधिहरू अगाडि बढाएको उल्लेख गरे। उनले भने, "संस्थाले सदस्यहरूलाई वित्तीय साक्षरता कार्यक्रम, शिक्षा सहयोग, स्वास्थ्य सचेतना, र व्यावसायिक प्रवर्द्धन जस्ता महत्त्वपूर्ण कार्यहरूमा सामेल गराएको छ।"
प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले संस्थागत विकास र वित्तीय क्षमता दुवै पक्षमा सकारात्मक सुधार हासिल गरेको छ। सामाजिक उत्तरदायित्वको हिस्सा स्वरुप संस्थाले सदस्य सन्न्तती छात्रवृत्ति, सहकारीमा उत्कृष्ट वित्तीय कारोबार गर्ने सदस्यलाई पुरस्कृत, कर्मचारी सम्मान र वृद्ध सदस्य सम्मान जस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ। आगामी वर्षमा, संस्थाले व्यावसायिकता र मितव्ययी व्यवहारमा जोड दिने, ऋणीको आर्थिक विश्लेषण र ऋणको जोखिम घटाउन अनुगमन गर्ने योजनाहरू रहेको अध्यक्ष रायमाझीले जानकारी दिए।
कोषाध्यक्ष निरज रायमाझीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा हाल १४ सय ९८ शेयर सदस्य रहेको र शेयर पूंजी १ करोड ४४ लाख २३ हजार ८ सय पुगेको जानकारी दिए। संस्थाले निक्षेप संकलन ८ करोड ३१ लाख ५५ हजार ४ सय र ऋण लगानी ८ करोड ४९ लाख गरेको, जसको आम्दानी १,३०,५६,०२४ रहेको छ। संस्थाको कुल सम्पत्ति ११ करोड ७ लाख नाघेको छ।
लेखा समिती संयोजक लक्ष्मी कार्कीले पनि आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक पारदर्शिता र सुशासनमा ध्यानाकर्षण गरिन्। यस अवसरमा संस्थाले सहकार्य गर्ने संस्था च्वाइस नेपाललाई सम्मानित गर्‍यो र उत्कृष्ट कारोबार गर्ने सदस्यहरूलाई विशेष सम्मान दिइयो।
यस साधारणसभामा संस्थाका आगामी योजनाहरू र कार्यक्रमहरूको प्रतिवेदन प्रस्तुत गरिएको थियो जसले संस्थाको भविष्यमा अझ समृद्धि र प्रगति गर्ने दिशामा मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

FB_IMG_1767107845820-1767107863.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg