pani-1786865868.jpg
Saturday, 14 Nov, 2026
worldlink1-1789963258.gif

अपडेट

थाहा–१० बिसिङ्खेलमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते

InShot_20261114_201206317-1794666583.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलस्थित गणेशमान सिंह सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय पालुङका अनुसार शनिबार (कात्तिक २८ गते) दिउँसो करिब ४ः४० बजे चित्लाङबाट बिसिङ्खेलतर्फ जाँदै गरेको बा.प्र.०२–०६४ प ३६५२ नम्बरको बुलेट मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२–०६५ प २६०३ नम्बरको एनएस मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा बुलेट मोटरसाइकल चालक थाहा नगरपालिका–९ नारायणहिटी निवासी ४५ वर्षीय सुरेन्द्र मोहन बलामी घाइते भएका छन्। उनको दाहिने खुट्टा, हात र बायाँ आँखामा चोट लागेको छ।
त्यस्तै, एनएस मोटरसाइकल चालक थाहा नगरपालिका–७ निवासी १५ वर्षीय समिर गोले, मोटरसाइकलमा सवार उनकी १३ वर्षीया बहिनी शलिना गोले र पछाडि सवार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ निवासी १७ वर्षीया सोनिका स्याङ्तान घाइते भएका छन्।
प्रहरीका अनुसार चारै जनाको अवस्था मध्यम रहेको छ। घाइतेहरूलाई सुरुमा स्थानीय इरा क्लिनिकमा उपचारका लागि लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि साँझ ५ः१० बजे काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–१० बिसिङ्खेलमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
InShot_20261114_201206317-1794666583.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलस्थित गणेशमान सिंह सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा...

इतिहास र पर्यटन जोड्दै थानकोट–चित्लाङ क्रसकन्ट्री दौड सम्पन्न, धर्म महर्जन बने विजेता
FB_IMG_1794664053593-1794664067.jpg

थाहा  ऐतिहासिक थानकोटदेखि पर्यटकीय गन्तव्य चित्लाङसम्म आयोजना गरिएको थानकोट–चित्लाङ १० माइल क्रसकन्ट्री...

न्हुलगाउँ T20 कपको फाइनलमा शिखर क्लब
FB_IMG_1794491726687-1794491749.jpg

थाहा–१०, न्हुलगाउँमा जारी थाहा नगरस्तरीय न्हुलगाउँ T20 कप क्रिकेट प्रतियोगितामा शिखर क्लब फाइनलमा प्रवेश गरेको...

चिसापानीगढीमा ७ सय मिटर तल खस्यो ईभी, १० जनाको घटनास्थलमै मृत्यु
FB_IMG_1794449950082-1794453158.jpg

हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी...

सुनाखरी पैदल मार्गमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन सुरु, अमेरिका, युरोप र अस्ट्रेलियाका २१ पर्यटकद्वारा भ्रमण
FB_IMG_1794448158994-1794448194.jpg

मकवानपुर। थाहा नगरपालिकाको चित्लाङदेखि सिमभञ्ज्याङसम्म फैलिएको सुनाखरी पैदल मार्गमा अन्तर्राष्ट्रिय...

नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg