Saturday, 14 Nov, 2026
worldlink1-1789963258.gif

खेल

इतिहास र पर्यटन जोड्दै थानकोट–चित्लाङ क्रसकन्ट्री दौड सम्पन्न, धर्म महर्जन बने विजेता

FB_IMG_1794664053593-1794664067.jpg

थाहा  ऐतिहासिक थानकोटदेखि पर्यटकीय गन्तव्य चित्लाङसम्म आयोजना गरिएको थानकोट–चित्लाङ १० माइल क्रसकन्ट्री दौड प्रतियोगिता सम्पन्न भएको छ।

आज सम्पन्न प्रतियोगितामा कीर्तिपुरका धावक धर्म महर्जनले निर्धारित दूरी १ घण्टा १५ मिनेटमा पूरा गर्दै प्रथम स्थान हासिल गरेका छन्।

बैकुण्ठ मानन्धर खेलकुद नेपालको आयोजनामा शनिबार सम्पन्न प्रतियोगिता चन्द्रागिरि नगरपालिका–४ स्थित ऐतिहासिक थानकोट कोतघरबाट सुरु भई मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङ पुगेर टुंगिएको थियो। करिब १६ किलोमिटर दूरीको प्रतियोगितामा २५० भन्दा बढी धावक सहभागी भएका थिए।
प्रतियोगितामा सहभागी हुन पुगेका धावकहरू थानकोटस्थित साझा घरमा भेला भएका थिए। त्यसपछि स्थानीय बाजागाजासहित थानकोट क्षेत्रको परिक्रमा गर्दै धावकहरूलाई स्वागत गरिएको थियो। परिक्रमाका क्रममा स्थानीयवासीले ठाउँठाउँमा गाग्री राखेर, खादा ओढाएर तथा स्थानीय बुहारी समूहले टीका लगाएर धावकहरूको स्वागत तथा सम्मान गरेका थिए।
थानकोटको कोतघरबाट सुरु भएको दौडमा सहभागी धावकहरूले चन्द्रागिरिको उकालो–ओरालो, घुम्ती तथा चुनौतीपूर्ण भौगोलिक मार्ग पार गर्दै चित्लाङसम्मको यात्रा पूरा गरेका थिए।
प्रतियोगिताको समापनस्थलमा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु विष्ट, वडा नम्बर ९ का अध्यक्ष तथा चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ का अध्यक्षलगायत जनप्रतिनिधिहरूले धावकहरूलाई स्वागत गरेका थिए।
प्रतियोगितामा प्रथमदेखि पाँचौँ स्थानसम्म हासिल गर्ने धावकहरूलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरी पुरस्कृत गरिएको थियो।
यस प्रतियोगितालाई करिब २४ वर्षअघिको ऐतिहासिक दौडको निरन्तरताका रूपमा समेत लिइएको छ। यसअघि आयोजित दौडमा मुगुका कीर्तिमानी धावक अक्कलबहादुर बोहरा प्रथम भएका थिए। आफ्नो खेलजीवनको सुरुवाती उपलब्धिसँग जोडिएको प्रतियोगितालाई पुनः निरन्तरता दिइएकोमा खुसी व्यक्त गर्दै बोहराले यसपटक खेलाडीको प्रोत्साहनका लागि १० हजार रुपैयाँ सहयोगसमेत गरेका थिए ।
खेलकुदलाई इतिहास, संस्कृति र पर्यटनसँग जोड्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले चन्द्रागिरि र थाहा नगरपालिकाबीचको सामाजिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।
विशेषगरी थानकोट–चन्द्रागिरि–चित्लाङ क्षेत्रको प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र पर्यटकीय सम्भावनालाई खेलकुदमार्फत राष्ट्रियस्तरमा चिनाउन प्रतियोगिताले योगदान पुर्‍याउने विश्वास रहेको आयोजकले जनाएको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–१० बिसिङ्खेलमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
InShot_20261114_201206317-1794666583.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलस्थित गणेशमान सिंह सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा...

इतिहास र पर्यटन जोड्दै थानकोट–चित्लाङ क्रसकन्ट्री दौड सम्पन्न, धर्म महर्जन बने विजेता
FB_IMG_1794664053593-1794664067.jpg

थाहा  ऐतिहासिक थानकोटदेखि पर्यटकीय गन्तव्य चित्लाङसम्म आयोजना गरिएको थानकोट–चित्लाङ १० माइल क्रसकन्ट्री...

न्हुलगाउँ T20 कपको फाइनलमा शिखर क्लब
FB_IMG_1794491726687-1794491749.jpg

थाहा–१०, न्हुलगाउँमा जारी थाहा नगरस्तरीय न्हुलगाउँ T20 कप क्रिकेट प्रतियोगितामा शिखर क्लब फाइनलमा प्रवेश गरेको...

चिसापानीगढीमा ७ सय मिटर तल खस्यो ईभी, १० जनाको घटनास्थलमै मृत्यु
FB_IMG_1794449950082-1794453158.jpg

हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी...

सुनाखरी पैदल मार्गमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन सुरु, अमेरिका, युरोप र अस्ट्रेलियाका २१ पर्यटकद्वारा भ्रमण
FB_IMG_1794448158994-1794448194.jpg

मकवानपुर। थाहा नगरपालिकाको चित्लाङदेखि सिमभञ्ज्याङसम्म फैलिएको सुनाखरी पैदल मार्गमा अन्तर्राष्ट्रिय...

नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg