pani-1786865868.jpg
Friday, 25 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’

FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसम बुलेटिनका आधारमा स्थानीय विपद् व्यवस्थापन समितिले सार्वजनिक सूचना जारी गर्दै बाढी, पहिरो, डुबान, नदी तथा खोलामा आकस्मिक जलस्तर वृद्धि र सडक अवरोधलगायतका जोखिमप्रति सचेत रहन आग्रह गरेको हो ।
नगरपालिकाले नेपाल मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म बागमती प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षाका कारण बाढी, पहिरो, डुबान, गेग्रान बहाव, सडक अवरोध, नदी तथा खोलामा आकस्मिक जलस्तर वृद्धि, कटानलगायत विपद्जन्य घटना हुन सक्ने भएकाले सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।
नगरपालिकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा यात्रा गर्नुपर्ने भए सडक र मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। पहिरो आउन सक्ने स्थान, भिरालो सडकखण्ड, पहाडको फेदी तथा अन्य जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न पनि अनुरोध गरिएको छ ।
त्यसैगरी नदी, खोला, खोल्सा तथा जलाशयमा पौडी खेल्ने, माछा मार्ने, दाउरा, ढुंगा, गिट्टी तथा बालुवा संकलन गर्ने वा अन्य प्रयोजनका लागि खोलाछेउछाउ नजान नगरपालिकाले आग्रह गरेको छ। बाढी आएको वा पानीको बहाव बढेको नदी, खोला तथा खोल्सा पैदल वा सवारीसाधनमार्फत तर्न खोज्ने कार्य नगर्न पनि सचेत गराइएको छ । खोला वा खोला तरेर विद्यालय जानुपर्ने विद्यार्थीहरूलाई पानीको बहाव बढेको अवस्थामा विद्यालय जाने वा घर फर्कने प्रयास नगर्न नगरपालिकाले विशेष आग्रह गरेको छ। अभिभावक तथा विद्यालयलाई विद्यार्थीको सुरक्षालाई प्राथमिकता दिई आवश्यक समन्वय र सावधानी अपनाउन भनिएको छ।
नदी तथा खोलाको किनारमा पहिरोको जोखिम भएका बस्ती तथा डुबान हुन सक्ने स्थानमा बसोबास गर्ने परिवारलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न सकिने गरी तयारी अवस्थामा रहन आग्रह गरिएको छ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन पनि नगरपालिकाले अनुरोध गरेको छ।
नगरपालिकाले विपद्को समयमा आवश्यक पर्ने टर्च, मोबाइल, पावर बैंक, औषधि, खानेपानी, सुक्खा खाद्यान्नलगायत अत्यावश्यक सामग्री तयारी अवस्थामा राख्न समेत नगरवासीलाई सुझाव दिएको छ। यसअघि जारी गरिएको अर्को सूचनामार्फत पनि थाहा नगरपालिकाले स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचना र निर्देशनको पालना गर्न तथा अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ।
नगरपालिकाले बाढी, पहिरो, सडक अवरोध, नदीको अस्वाभाविक जलस्तर वृद्धि वा अन्य जोखिम देखिएमा तत्काल वडा कार्यालय, स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र, नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी (१११४) तथा सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरेको छ।
नगरपालिकाले विपद्को समयमा समुदायका सबै नागरिकले एकअर्कालाई समयमै सचेत गराउँदै जोखिममा परेका व्यक्ति, बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई सुरक्षित स्थानमा सार्न सहयोग गर्न समेत अपिल गरेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...

प्राथमिक स्वास्थ्य केन्द्रलाई लायन्स क्लब अफ पिस थाहाको दुई पानी ट्याङ्की सहयोग
FB_IMG_1789969780068-1789969818.jpg

थाहा । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एमको सहयोगमा लायन्स क्लब अफ पिस थाहाले प्राथमिक स्वास्थ्य केन्द्रलाई...

यताउति नहेरौँ, पेट्रोल पम्प अगाडि जाऔँ’—बजाजको झ्याम्मै एक्सचेन्ज अफर सुरु
1789877142284-1789877166.jpg

थाहा नगरपालिका–४ थानाबजारमा बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ’ एक्सचेन्ज मेला...

सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीदेखि खेलकुद सामग्रीसम्म सहयोग
20260918_160533-1789739610.jpg

  थाहा–२ अंगारे । थाहा नगरपालिका–२ स्थित सरस्वती आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक...