pani-1786865868.jpg
Tuesday, 03 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै

InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने उद्देश्यले ‘थाहानगर यातायात’ सेवा सञ्चालनमा आउने भएको छ। पालुङदेखि काठमाडौंको जोरपाटीसम्म नियमित यात्रु सेवा सञ्चालनको तयारी गरिएको हो।
थाहा नगरपालिका–४, थानाबजारमा चार्जिङ स्टेसन तथा काठमाडौंको कलंकीमा टिकट काउन्टर स्थापना गरी कम्पनीले सेवा सञ्चालनको तयारी अघि बढाएको जनाएको छ।
थाहानगर यातायातमार्फत पालुङबाट चित्लाङ, थानकोट, कलंकी हुँदै काठमाडौंको जोरपाटीसम्म यात्रु आवागमनको व्यवस्था गरिनेछ। बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म काठमाडौं र पालुङ दुवैतर्फबाट प्रत्येक दुई घण्टाको अन्तरालमा सवारी छुट्ने तालिका बनाइएको छ।
त्यसैगरी नगरभित्र पालुङ, अङ्गारे, फाँटबजार, घर्ती, शिखरकोट लगायतका क्षेत्रमा समेत सेवा उपलब्ध गराइनेछ। यात्रुको आवश्यकता र मागअनुसार नगरपालिकाका अन्य क्षेत्रमा पनि सेवा विस्तार गर्दै लगिने कम्पनीले जनाएको छ।
यस्तो छ विभिन्न गन्तव्यको भाडादर
कम्पनीले सार्वजनिक गरेको भाडादरअनुसार काठमाडौं र थाहा नगरका विभिन्न गन्तव्यबीचको भाडा निर्धारण गरिएको छ।
काठमाडौं–चित्लाङ : रु. २००
काठमाडौं–बिसिङ्खेल/नौखण्डे : रु. २५०
काठमाडौं–बज्रबाराही : रु. २५०
काठमाडौं–कुन्छाल भञ्ज्याङ : रु. ३००
काठमाडौं–पालुङ : रु. ३५०
काठमाडौं–डाँडाबास : रु. ४७५
त्यस्तै नगरभित्रका गन्तव्यमा चित्लाङदेखि बिसिङ्खेल/नौखण्डेसम्म रु. ५०, बज्रबाराहीसम्म रु. १००, कुन्छाल भञ्ज्याङसम्म रु. १५० र पालुङसम्म रु. २०० भाडा निर्धारण गरिएको छ।
पालुङदेखि बज्रबाराहीसम्म रु. १००, कुन्छाल भञ्ज्याङसम्म रु. ५०, नौखण्डे/बिसिङ्खेलसम्म रु. १५० र चित्लाङसम्म रु. २०० भाडा लाग्नेछ।
१० पटक यात्रापछि ११औँ यात्रा निःशुल्क
यात्रुलाई थप सुविधा दिन कम्पनीले विशेष छुट योजना पनि सार्वजनिक गरेको छ। कम्पनीका अनुसार १० पटक टिकट काटेर यात्रा गरेका यात्रुले ११औँ पटक निःशुल्क यात्रा गर्न पाउनेछन्। यसका लागि यात्रुले अघिल्ला यात्राका टिकट सुरक्षित राख्नुपर्नेछ।
यात्रुहरूको सुविधाका लागि पालुङको थानाबजार र काठमाडौंको कलंकीमा टिकट काउन्टरको व्यवस्था गरिएको छ। फोनमार्फत पनि टिकट बुकिङ तथा सेवासम्बन्धी जानकारी लिन सकिनेछ।
टिकट बुकिङ तथा सम्पर्क नम्बर:
काठमाडौं, कलंकी : ९७१५२०२०१५
पालुङ, थानाबजार : ९७१५३०३०१५
थाहानगर यातायात सेवा सञ्चालनमा आएपछि स्थानीय नागरिकको आवागमन सहज हुनुका साथै चित्लाङ, दामन, पालुङलगायत थाहा नगरका पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। काठमाडौं र थाहा नगरबीचको यातायात सम्पर्कलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यो सेवा उपयोगी हुने विश्वास गरिएको छ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

भीमफेदीको सोलाभन्ज्याङमा ‘उज्यालो संवाद’: सिंगो गाउँ उज्यालोमय
FB_IMG_1793419429045-1793419445.jpg

भीमफेदी, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ स्थित सोलाभन्ज्याङमा उज्यालो नेपाल पार्टीले...

चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg