pani-1786865868.jpg
Thursday, 24 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन

InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार जेसीज हलमा सम्पन्न थाहा नगर अधिवेशनले श्रेष्ठको नेतृत्वमा ३४ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नगर नेतृत्व चयनका क्रममा सहमतिको प्रयास गर्दै सभापतिसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन गरिएको जनाइएको छ।
अधिवेशनबाट उपसभापतिमा सुरेश लामिछाने, महिला उपसभापतिमा इन्दिरा गोपाली, सचिवमा बिर्जुलाल थिङ र सहसचिवमा विजय मल्ल सर्वसम्मत चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिलाई नेपाली कांग्रेसका निवर्तमान नगर सभापति प्रमोदकृष्ण जोशी तथा केन्द्रीय सदस्य जयराम लामिछानेले शुभकामना तथा बधाई दिएका थिए।
अधिवेशनमा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्यहरू नवराज लामा, सुनमाया भोम्जन, भीमबहादुर भोम्जन, क्षेत्र नं. २ का क्षेत्रीय सभापति खड्गबहादुर गोपालीलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
सहमतिको माध्यमबाट नगर कार्यसमिति चयन भएसँगै थाहा नगर कांग्रेसले नयाँ नेतृत्व पाएको छ।

FB_IMG_1790171192929-1790171369.jpg
FB_IMG_1790171188175-1790171386.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...

प्राथमिक स्वास्थ्य केन्द्रलाई लायन्स क्लब अफ पिस थाहाको दुई पानी ट्याङ्की सहयोग
FB_IMG_1789969780068-1789969818.jpg

थाहा । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एमको सहयोगमा लायन्स क्लब अफ पिस थाहाले प्राथमिक स्वास्थ्य केन्द्रलाई...

यताउति नहेरौँ, पेट्रोल पम्प अगाडि जाऔँ’—बजाजको झ्याम्मै एक्सचेन्ज अफर सुरु
1789877142284-1789877166.jpg

थाहा नगरपालिका–४ थानाबजारमा बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ’ एक्सचेन्ज मेला...

सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीदेखि खेलकुद सामग्रीसम्म सहयोग
20260918_160533-1789739610.jpg

  थाहा–२ अंगारे । थाहा नगरपालिका–२ स्थित सरस्वती आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक...

पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...