pani-1786865868.jpg
Wednesday, 07 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित

FB_IMG_1791290669396-1791291738.jpg


मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd Edition International Icon Award 2026’ अन्तर्गत ‘Best Contribution in Wellness & Spiritual Tourism’ विधामा अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो।
जीवन विज्ञान, स्वास्थ्य, आध्यात्मिकता तथा धार्मिक पर्यटनको प्रवर्द्धन र विकासमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै गोपालीलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
विशेष समारोहमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो। सोही समारोहमा प्रमुख अतिथि डा. राउतको हातबाट उपप्रमुख गोपालीले अवार्ड ग्रहण गरेका थिए।
सम्मान ग्रहण गर्दै गोपालीले अन्तर्राष्ट्रिय सम्मानले सामाजिक सेवा, धार्मिक तथा आध्यात्मिक पर्यटनको प्रवर्द्धन र स्थानीय विकासका क्षेत्रमा थप सक्रिय भएर काम गर्न आफूलाई प्रेरणा मिलेको बताए।
थाहा नगरपालिकाका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले आफूले निरन्तर काम गर्दै आएको गोपालीको भनाइ छ। स्थानीय धार्मिक तथा आध्यात्मिक महत्वका क्षेत्रको संरक्षण, प्रवर्द्धन र प्रचार–प्रसारमार्फत पर्यटन विकासमा योगदान पुर्‍याउने प्रयासलाई सम्मानले थप हौसला दिएको उनले बताए।
प्राकृतिक सौन्दर्यसँगै धार्मिक तथा आध्यात्मिक पर्यटनको सम्भावना बोकेको थाहा नगरपालिकामा विभिन्न धार्मिकस्थल, मठमन्दिर, सांस्कृतिक सम्पदा तथा पर्यटकीय गन्तव्य रहेका छन्। ती क्षेत्रको व्यवस्थित संरक्षण र प्रवर्द्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने अपेक्षा गरिएको छ।
‘Best Contribution in Wellness & Spiritual Tourism’ विधामा गोपालीले प्राप्त गरेको सम्मानले थाहा नगरपालिकाको धार्मिक तथा आध्यात्मिक पर्यटनको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थप चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...