pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

समाचार

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
कृषि शिक्षा र प्रविधि सहकार्य विस्तारमा जोड

FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र शैक्षिक सहकार्य विस्तारका सम्भावनाबारे छलफल गरेका छन्।

राजदूत बासलाई हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख तथा जनप्रिय क्याम्पसमा सञ्चालित कृषि विज्ञानमा स्नातक कार्यक्रम सञ्चालक समितिकी अध्यक्ष मीना कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वली र क्याम्पस प्रमुख अतिश पण्डितले विशेष समारोहबीच स्वागत गरेका थिए।

स्वागतपछि हेटौंडा उपमहानगरपालिका र जनप्रिय क्याम्पसका तर्फबाट राजदूत बाससमक्ष क्याम्पसका शैक्षिक गतिविधि, भौतिक पूर्वाधार, उपलब्धि तथा भावी योजनाबारे विस्तृत प्रस्तुतिकरण गरिएको थियो। प्रस्तुतिकरणका क्रममा कृषि शिक्षालाई व्यावहारिक, अनुसन्धानमुखी र प्रविधिमैत्री बनाउँदै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यबारे जानकारी गराइएको थियो।

भ्रमणका क्रममा राजदूत बासले क्याम्पसको भौतिक पूर्वाधार, प्रयोगशाला, कृषि प्रयोगात्मक क्षेत्र तथा अध्ययन–अध्यापनको अवस्थाको अवलोकन गरेका थिए। उनले विद्यार्थीहरूले गरिरहेका प्रयोगात्मक अभ्यास तथा क्याम्पसको समग्र शैक्षिक गतिविधिबारे चासोपूर्वक जानकारी लिएका थिए।

त्यसक्रममा इजरायलको आधुनिक कृषि प्रविधि, अनुसन्धान, सिँचाइ प्रणाली, विद्यार्थी तथा प्राविधिक अनुभव आदान–प्रदान र शैक्षिक सहकार्यका सम्भावनाबारे पनि छलफल भएको थियो। क्याम्पसको कृषि शिक्षालाई अझ व्यावहारिक, आधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउन इजरायली प्रविधि तथा अनुभव उपयोगी हुन सक्ने विषयमा दुवै पक्ष सकारात्मक रहेको जनाइएको छ।

नगर प्रमुख मीना कुमारी लामाले अन्तर्राष्ट्रिय सहकार्यले जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि हुनुका साथै विद्यार्थीहरूले विश्वस्तरीय कृषि प्रविधि र अभ्यास सिक्ने अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरेकी थिइन्।

क्याम्पसले इजरायली राजदूतको भ्रमणलाई कृषि शिक्षा, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्य विस्तारतर्फ महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। आधुनिक कृषि प्रविधिमा विश्वमै अग्रणी मानिने इजरायलसँगको सम्भावित सहकार्यले क्याम्पसमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कृषि क्षेत्रलाई दीर्घकालीन रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg