pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

समाचार

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न

FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष शत्रुधन प्रसाद गुप्ताको सभाध्यक्षता र त्रि। वि। का उपकुलपति प्रा। डा। भोला थापाको प्रमुख आतिथ्यतामा भब्य रुपमा सम्पन्न भएको छ । विशिष्ट अतिथि पुर्व उपकुलपति द्वय प्रा। डा। दिपक अर्याल र प्रा। डा। तिर्थराज खनिया रहनु भएको थियो भने अन्य अतिथिमा विश्व विद्यालय अनुदान आयोगका निमित्त सचिब डा। केदार आचार्य,पुर्व संघका अध्यक्ष तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा। भोला थापाले सामुदायिक क्याम्पसहरूको उच्च शिक्षामा रहेको योगदानको प्रशंसा गर्दै आवश्यक समस्या समाधानका लागि विश्वविद्यालय प्रतिबद्ध रहेको बताउनुभयो ।
पूर्व उपकुलपतिहरू प्रा।डा। दीपक अर्याल र प्रा।डा। तीर्थराज खनियाले उच्च शिक्षामा स्थायित्व, स्पष्ट नीति र विश्वविद्यालयको स्वायत्तताको आवश्यकता औंल्याउनुभयो । त्यस्तै, विश्वविद्यालय अनुदान आयोगका निमित्त सचिव डा। केदार आचार्यले सामुदायिक क्याम्पसहरूको योगदानको उचित मूल्याङ्कन हुनुपर्ने बताउनुभयो ।
संघका अध्यक्ष शत्रुघनप्रसाद गुप्ताले गुणस्तरीय शिक्षाका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
संघका सल्लाहकार एवम् पूर्व उपाध्यक्ष धनलाल महर्जनले उत्कृष्ट अंकका आधारमा सम्मानित चार विधाका स्नातक तहका विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक प्रगतिको शुभकामना व्यक्त गर्नुभयो
मदन भण्डारी मेमोरियल कलेजका प्रमुख डा। बाबुराम अधिकारीले विभिन्न विधामा सम्मानित भएका विद्यार्थी तथा सामुदायिक क्याम्पसहरूलाई बधाई दिँदै यस्ता उपलब्धिले अन्य शैक्षिक संस्थाहरूलाई उत्कृष्टता हाँसिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा देशभरका सामुदायिक क्याम्पसमध्ये विभिन्न संकायतर्फ स्नातक तहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ साथै सो क्याम्पसलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा संघका पदाधिकारी, सल्लाहकार, सदस्य, विभिन्न सामुदायिक क्याम्पसका सञ्चालक समिति अध्यक्ष, क्याम्पस प्रमुख, प्राध्यापक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

FB_IMG_1783611915654-1783612053.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg