pani-1786865868.jpg
Tuesday, 22 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

प्राथमिक स्वास्थ्य केन्द्रलाई लायन्स क्लब अफ पिस थाहाको दुई पानी ट्याङ्की सहयोग

FB_IMG_1789969780068-1789969818.jpg

थाहा । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एमको सहयोगमा लायन्स क्लब अफ पिस थाहाले प्राथमिक स्वास्थ्य केन्द्रलाई १ हजार लिटर क्षमताका दुई वटा पानी ट्याङ्की सहयोग गरेको छ।
सोमबार बिहान स्वास्थ्य केन्द्रको परिसरमा आयोजित कार्यक्रममा लायन्स वर्ष २०२६ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा थाहा नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर बिष्टले स्वास्थ्य केन्द्रका प्रमुख डा. जोनशन गहतराजलाई ट्याङ्की हस्तान्तरण गरेका हुन्।
स्वास्थ्य केन्द्रमा पानीको आवश्यकतालाई मध्यनजर गर्दै ट्याङ्की सहयोग गरिएको लायन्स क्लबले जनाएको छ। दुई वटा ट्याङ्कीबाट स्वास्थ्य केन्द्रमा पानीको भण्डारण तथा नियमित आपूर्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तथा थाहा–४ का वडा अध्यक्ष नारायण लामा, लायन्स क्लब अफ पिस थाहाका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, पूर्व अध्यक्ष उद्धव विडारी, लियो क्लब थाहाका अध्यक्ष स्मिता बिष्ट, स्वास्थ्य केन्द्रका डा. समाज गोपाली, स्वास्थ्यकर्मी तथा लायन्स क्लब थाहाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

FB_IMG_1789969803142-1789969818.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्राथमिक स्वास्थ्य केन्द्रलाई लायन्स क्लब अफ पिस थाहाको दुई पानी ट्याङ्की सहयोग
FB_IMG_1789969780068-1789969818.jpg

थाहा । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एमको सहयोगमा लायन्स क्लब अफ पिस थाहाले प्राथमिक स्वास्थ्य केन्द्रलाई...

यताउति नहेरौँ, पेट्रोल पम्प अगाडि जाऔँ’—बजाजको झ्याम्मै एक्सचेन्ज अफर सुरु
1789877142284-1789877166.jpg

थाहा नगरपालिका–४ थानाबजारमा बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ’ एक्सचेन्ज मेला...

सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीदेखि खेलकुद सामग्रीसम्म सहयोग
20260918_160533-1789739610.jpg

  थाहा–२ अंगारे । थाहा नगरपालिका–२ स्थित सरस्वती आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक...

पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...