pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,

FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। स्थानीय स्तरमा फुटबल खेलको विकास तथा युवा खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बिष्टले रेफ्रीलाई बल हस्तान्तरण गर्दै गरेका हुन्।
‎सात टोली सहभागी रहेको प्रतियोगिताको उद्घाटन खेलमा पाखुरे युवा क्लब, थाहा–७ र थाहा नगरपालिका टोलीबीच प्रतिस्पर्धा भएको थियो। निकै रोमाञ्चक बनेको खेलमा दुवै टोलीले निर्धारित समयमा गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुंगिएको थियो। त्यसपछि नतिजाका लागि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
‎पेनाल्टी सुटआउटमा पाखुरे युवा क्लबले उत्कृष्ट प्रदर्शन गर्दै थाहा नगरपालिका टोलीलाई ५–४ गोल अन्तरले पराजित गर्यो। निर्णायक क्षणमा उत्कृष्ट बचाउ गर्दै टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका पाखुरे युवा क्लबका गोलकिपर सागर तामाङ प्रतियोगिताको उद्घाटन खेलका ‘म्यान अफ दि म्याच’ घोषित भए।
‎प्रतियोगिता असार ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिता अन्तर्गत भोलि बिहान समूह ‘बी’ को पहिलो खेलमा सक्रिय युवा क्लब थाहा–४ र चित्लाङ एफसीबीच प्रतिस्पर्धा हुनेछ। आयोजक शिखर क्लबले भने प्रतियोगिताको पहिलो चरणमा ‘बाइ’ पाएको छ।
‎प्रतियोगिताको विजेता टोलीले नगद दुई लाख रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद एक लाख रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। व्यक्तिगत पुरस्कारतर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १२ हजार ५०० रुपैयाँ प्रदान गरिनेछ। यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर तथा सर्वाधिक गोलकर्ता (हाइ स्कोरर) लाई जनही ६ हजार २५० रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
‎खेलाडीहरूको सुरक्षालाई प्राथमिकता दिँदै प्रतियोगितामा सहभागी सबै खेलाडीको बीमा व्यवस्था समेत गरिएको आयोजकको भनाइ छ। यसले प्रतियोगितालाई अझ व्यवस्थित र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
‎स्थानीय खेलप्रेमीहरूको उत्साहजनक उपस्थितिबीच सुरु भएको प्रतियोगिताले आगामी दिनमा थप प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलहरू प्रस्तुत गर्ने विश्वास लिइएको छ। थाहा क्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको थाहा गोल्डकपले स्थानीय खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।
‎प्रतियोगिताको अफिसियल मिडिया पार्टनरका रूपमा टिम टेलिभिजन,थाहापाटी डट कम,पालिकाप्रेस,थाहा टाइम्स,बाइरोडन्युज,पालिकाडायरी,सतमार्ग अनलाइन,र साझाकुरा दैनिक रहेका छन।

FB_IMG_1781700833518-1781700860.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...