pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

भोलिबाट सुरु हुँने छैटौं थाहा गोल्डकपको सम्पूर्ण तयारी पूरा

FB_IMG_1781621513862-1781621538.jpg

फोटो फाइल

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा सञ्चालन हुन लागेको छैटौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता असार ३ गतेदेखि थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर खेल मैदानमा सुरु हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी व्यवस्थापक शिखर क्लबले दिएको छ।
प्रतियोगिताको उद्घाटन खेल असार ३ गते बिहान ११ बजे थाहा–७ र थाहा नगरपालिका टोलीबीच हुनेछ। उद्घाटन समारोह तथा खेल अवलोकनका लागि आयोजकले सम्पूर्ण खेलप्रेमी, जनप्रतिनिधि, समाजसेवी तथा नगरवासीलाई उपस्थित हुन हार्दिक निमन्त्रणा गरेको छ।
यस वर्षको प्रतियोगितामा ७ वटा टोलीको सहभागिता रहनेछ। सार्वजनिक गरिएको खेल तालिकाअनुसार समूह ‘ए’ अन्तर्गत उद्घाटन खेल थाहा–७ र थाहा नगरपालिका बीच हुनेछ भने दोस्रो खेल पारिजात स्मृति क्लब र कुर्दन एकेडेमीबीच हुने छ। समूह ‘बी’ मा सक्रिय युवा क्लब थाहा–४ र चित्लाङ एफसीबीच पहिलो खेल हुनेछ। आयोजक शिखर क्लबले भने पहिलो चरणमा ‘बाइ’ पाएको छ।
प्रतियोगिताको विजेताले नगद रु. २ लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. १ लाख, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु. १२ हजार ५०० पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर तथा सर्वाधिक गोलकर्ता (हाइ स्कोरर) लाई जनही रु. ६ हजार २५० प्रदान गरिने आयोजकले जनाएको छ।
खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै प्रतियोगितामा सहभागी सबै खेलाडीको बीमा व्यवस्था समेत गरिएको छ।
स्थानीय स्तरमा फुटबल खेलको विकास, प्रतिभा पहिचान तथा खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको थाहा गोल्डकपले यस वर्ष पनि खेलप्रेमीहरूमा उत्साह थपेको छ। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।

InShot_20260616_203139023-1781621543.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...