pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बजार

थाहा नगरपालिकामा ‘पल्म्बर टेक्निसियन मिट २०२५ सम्पन्न

1756232503037-1756232534.jpg

मकवानपुर, थाहा — थाहा नगरपालिकामा पल्म्बर टेक्निसियन मिट २०२५सम्पन्न भएको छ।
रीजालको कम्पनी र एबी पर्ल्स कम्पनीको संयुक्त आयोजना तथा कार्की ब्रदर्स ट्रेड्सको सहकार्यमा शनिबार गंगा होटल, थानाबजारमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा रीजालको कम्पनीतर्फबाट नेपालका राष्ट्रिय बजार प्रमुख श्रावणकुमार झा, एबी पर्ल्सतर्फबाट मो. प्रदीप अधिकारी, एरिया सेल्स म्यानेजर सुरज खनाल र नेशनल सेल्स म्यानेजर अनुप भट्टाको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख आतिथ्य थाहा उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल रहनुभएको थियो।

थाहा नगरमा लामो समयदेखि प्लम्बिङ क्षेत्रमा संलग्न २० जनाभन्दा बढी प्राविधिकहरूको सहभागिता रहेको कार्यक्रममा सहभागीले कम्पनीका सामग्री तथा त्यसको प्रयोगबारे जानकारी पाएका थिए।

प्रमुख अतिथी ढकालले यस्ता कार्यक्रमले युवा व्यवसायीहरूलाई प्रोत्साहन गर्ने बताउँदै, “स्थानीय युवालाई आफ्नै क्षेत्रमा व्यवसायी बन्न सहज वातावरण बनाउन उद्योग वाणिज्य संघ सधैं तयार छ,” उनले भने।

कार्यक्रममा कार्की ब्रदर्स ट्रेड्सका सञ्चालक अजय कार्कीले सहभागीलाई धन्यवाद ज्ञापन गर्दै कम्पनीतर्फबाट उपलब्ध विभिन्न अफरबारे जानकारी गराएका थिए। सञ्चालक विजय कार्कीले प्रमुख अतिथी तथा कम्पनी प्रतिनिधिलाई मायाको चिनो प्रदान गरेका थिए।

कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ।

1756232506707-1756232534.jpg
1756232514235-1756232552.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...