Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बजार

स्मार्ट फोन कसरी छान्ने ?

IMG-20251203-WA0002-1764744285.jpg

दावा सेर्पा/ UAE/ नेपाली  मोबाइल बजारमा अहिले मध्यम मूल्य वर्गका स्मार्टफोनहरू नै सबैभन्दा बढी चर्चा कमाइरहेका छन्। फ्ल्यागशिप फोनहरू लाखौँ रुपैयाँमा पुग्दा, उपभोक्ताहरूको ध्यान भने उत्कृष्ट प्रदर्शन, क्यामेरा, र ब्याट्रीसहितका मिड रेन्ज मोडेलतर्फ केन्द्रित भएको छ। Flagship भन्नाले कुनै कम्पनीले बजारमा ल्याएको सबैभन्दा उत्कृष्ट, उच्च स्तरको, र प्रिमियम ब्रान्डलाई जनाउँदछ। यसमा कम्पनीको नवीनतम प्रविधि, शक्तिशाली प्रोसेसर, उत्कृष्ट क्यामेरा, र उच्च गुणस्तरको डिजाइन हुन्छ।

नेपाली बजारमा मिड रेन्ज स्मार्टफोनहरूले उपभोक्तालाई फ्ल्यागशिप स्तरको अनुभव कम मूल्यमा दिने प्रयास गरिरहेका छन्। Samsung ले आफ्नो A-सीरीजमार्फत् 5G प्रविधि जनतासम्म पुऱ्याएको छ। त्यसैगरी Xiaomi ले उच्च मेगापिक्सेल क्यामेरासहित फोटोग्राफी प्रेमीलाई आकर्षित गरिरहेको छ भने Realme र One Plus ले गेमिङ र प्रदर्शनमा ध्यान दिएका छन्, अनि Vivo ले पोर्ट्रेट फोटोग्राफीलाई आफ्नो मुख्य विशेषता बनाएको छ। यसरी, ३० देखि ५० हजार रुपैयाँको दायरा भित्रका यी फोनहरूले नेपाली बजारमा नयाँ मानक स्थापित गरिरहेका छन्।

नेपालमा चर्चित केहि मिड  रेन्ज स्मार्टफोनहरू (2025) यसता छन् ।

१. Samsung Galaxy A16 5G
मूल्पः करिब रु.२८,९९९  
विशेषताः
6.6  -इन्च AMOLED डिस्प्ले, 120Hz रिफ्रेश रेट
Exvnos चिपसेट, 5G सपोर्ट
50MP मुख्य क्यामेरा, 13MP फ्रन्ट क्यामेरा
5000mAh 
ब्याट्री, 25W फास्ट चार्ज

2. Xiaomi Redmi Note 14 Pro
मूल्य: करिब रु. ३४,९९९ 
विशेषताः
6.67-इन्च AMOLED डिस्प्ले, HDR 10+ सपोर्ट
Snapdragon 7s Gen 2 प्रोसेसर,
200MP मुख्य क्यामेरा, OIS सहित
5100mAh ब्याट्री, 67W फास्ट चार्ज

3. Realme 13 Pro+
मुल्यः करिब रु. ३९,९९९ 
विशेषताः
6.7-इन्च कुर्ल्ड AMOLED डिस्प्ले
Dimensity 8300 चिपसेट
50MP Sony IMX890 सेन्सर, उत्कृष्ट नाइट फोटोग्राफी
5000mAh ब्याट्री, 80W Super VOOC चार्ज

4. OnePlus Nord 5
मुल्यः करिब रु. ४२,९९९
विशेषताः
6.74-इन्च AMOLED डिस्प्ले, 120Hz
Snapdragon 8s Gen 3 चिपसेट
50MP + 8MP डुअल क्यामेरा सेट अप
5500mAh ब्याट्री, 100W फास्ट चार्ज

5. Vivo V30 Рго
मूल्य: करिब रु. ४४,९९९ 
विशेषताः
6.78-इन्च AMOLED डिस्प्ले
MediaTek Dimensity 8200 प्रोसेसर
50MP ट्रीपल क्यामेरा, पोर्ट्रेट मुडमा उत्कृष्ट
5000mAh ब्याट्री, 80W फास्ट चार्ज।

दावा सेर्पा थाहापाटीको लागि UAE बाट ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...