pani-1786865868.jpg
Friday, 18 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

ग्रामीण पर्यटन व्यावसायिक सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न

586527472_173438596725090-1763813703.jpg

थाहा नगरपालिका–शिखरकोटस्थित विकास घरमा ग्रामीण पर्यटन व्यावसायिक सहकारी संस्था थाहा–३ को १६ औं वार्षिक साधारणसभा एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष शिवहरी बर्तौलाले गर्नु भएको थियो। सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष सिताराम अधिकारी तथा पूर्व अध्यक्ष निरन्जन अधिकारी अतिथिका रूपमा उपस्थित थिए।
साधारणसभामा अध्यक्ष बर्तौलाले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा सहकारीका शेयर सदस्यहरूका समस्या समाधानलाई प्राथमिकता दिने, बचत तथा ऋणमा समयअनुकूल ब्याजदर कायम गर्ने, पर्यटन उद्योगमा लगानी बढाउने, उत्तरी मकवानपुरका विभिन्न स्थानमा सदस्यता तथा सेवा विस्तार गर्ने र विभिन्न तालिम तथा गोष्ठी सञ्चालन गर्ने योजना समेटिएको थियो।
सचिव प्रदिप केसीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार संस्थामा हाल ७७५ सदस्य, ५७ लाख २१ हजार रुपैयाँ शेयर पुजी, १ करोड ३० लाख रुपैयाँ ऋण लगानी, ४४ लाख ११ हजार रुपैयाँ बैंक मौज्दात६४ लाख १४ हजार रुपैयाँ बचत निक्षेप रहेको जानकारी दिइयो। साथै कोषाध्यक्ष दिपा थापा तथा लेखा समिति संयोजकले पनि आफ्ना–आफ्ना प्रतिवेदन प्रस्तुत गरे।
साधारणसभाले संस्थाका विभिन्न समितिहरूलाई पूर्णता दिने प्रस्ताव पारित गरेको छ।
कार्यक्रमको अवसरमा सहकारीमा उत्कृष्ट कारोबार गर्ने सदस्यहरूलाई नगद तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।
सम्मानित हुने सदस्यहरूः
• उत्कृष्ट बचत : श्यामकाजी गोपाली (थाहा–३), सन्तोष केसी (थाहा–३), शुष्मा राउत (थाहा–४)
• उत्कृष्ट कारोबार : शर्मीला भुजेल (थाहा–३), शोभा कुमारी केसी (थाहा–३)
• उत्कृष्ट बाल बचत : आयान्स वाइवा (थाहा–३)
• उत्कृष्ट विद्यार्थी बचत : स्वेता अधिकारी (थाहा–४)
• ज्येष्ठ नागरिक सम्मान : खम्बबहादुर अधिकारी (थाहा–४) र माइली अधिकारी लाई सम्मानित गरियो।
साधारणसभा सफलतापूर्वक सम्पन्न गर्दै अध्यक्ष बर्तौलाले सहकारीलाई आणखी सक्षम, पारदर्शी र सदस्य–मैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा इन्द्रजात्राको अवसरमा नेवाः फुड फेस्टिबल तथा सांस्कृतिक मेला हुने
InShot_20260917_173316331-1789645720.jpg

मकवानपुर । थाहा नगरपालिका–२ पालुङमा इन्द्रजात्राको अवसरमा ‘नेवाः फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक...

बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...