Sunday, 05 May, 2024
आर्थिक खबर

थाहा नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न(बजेटको पुर्ण पाठ)

nagar5-1673530872.jpg

थाहा नगरपालिकाले आफ्नो १२ औं नगरसभा तथा हिउँदे अधिवेशन पुस २८ गते बिहिवार पालुङ जेसीज हलमा सम्पन्न गरेको छ।नगरपालिकाको नगर सभा तथा १२औ अधिबेसन सम्पन्न भएको छ । आज बसेको अधिबेसनले आथिक वर्ष २०७९ ।२०८०को स्वीकृत योजना तथा रकमान्तर सहित प्रतिबेदन प्रस्तुत गरी सम्पन्न भएको हो ।

हिउँदे अधिवेशन पहिलो पटक संसदीय पद्धतिमा रहेर गरियको हो। नगरसभाको नगर प्रमुख बिष्णु बिष्ट र उपप्रमुख भरत गोपालीले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिय। उद्घाटन समारोहमा नेपाली काङ्ग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी,नेकपा एमाले बागमती प्रदेश सदस्य श्यामभक्त श्रेष्ठ ,नेकपा माओवादी केन्द्र थाहा नगरका सचिब लक्ष्मण बिष्ट ,राप्रपा नेपालका नगर उपाध्यक्ष राधेश्याम रायमाझी,थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान,पालुङ जेसीजका उपाध्यक्ष संजय गोपाली,जिल्ला समन्वय समिती मकवानपुरका सदस्य सुवर्ण गोपाली,थाहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरे,लगायतका अतिथिहरुको आतिथ्यता रहेको थियो।

नगरसभाको उद्घाटन समारोहलाइ शुभकामना दिदै अतिथिहरुले थाहा नगर समृद्धिको लागि आफ्नो आम्दानीको श्रोत खोज्नुपर्ने बेला आएको बताउदै कृषि र पर्यटनमा लगानी र बजेट बढाउन आग्रह गरेका थिय। नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख बिष्टले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने बताए । उनले  नगरका जनप्रतिनिधि र कर्मचारीले अधिकतम समय योजना सम्पन्न गर्न र व्यवस्थित सेवा प्रवाह गर्नतर्फ ध्यान दिएको विश्वास व्यक्त गरे ।   उनले भने, ‘चालु आर्थिक वर्षमा सम्पन्न गर्ने भनिएका सबै योजनाहरु चालु आर्थिक वर्षभित्रै पूरा गरी आउँदो वर्षमा नयाँ योजना, नयाँ शैली र नयाँ अभियानका साथ अघि बढ्नेछौं ।’  नगर सभाकै अवसरमा नगर भित्र उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत समेत गरेको छ ।

पुरस्कृत हुनेहरुमा थाहा नगरपालिकामा प्रशासन शाखा अधिकृत छैठौं उमेश श्रेष्ठ ,महिला तर्फ महिला तथा बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तान ,वडा सचिव अनु रुपाखेती,स्वास्थ्य सेवा तर्फ अनमी सितामाया जिरेल,र कार्यालय सहयोगी विन्दुकुमार श्रेष्ठ लाई प्रसंसापत्र सहित सम्मानित गरियो।

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...