himalen-2083-1778725505.jpg
Tuesday, 14 Jul, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार

FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर सभाको २१औं अधिवेशनमा नगर उपप्रमुख भरत गोपालीले पेश गरेको आगामि वर्षको बजेट सभाले सर्वसम्मत पारित गरेको छ । पेश भएको बजेट तथा कार्यक्रमलाई नगर प्रमुख विष्णु बहादुर विष्टले निर्णयार्थ पेश गरेका थिए ।
आगामि आर्थिक वर्ष २०८३/८४ को लागि सभामा कूल ९० करोड ९७ लाख ४४ हजार रूपैयाको विनियोजन पेश भएको थियो । जसमा संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान रु. १२ करोड ४३ लाख, समपूरक अनुदान रु १ करोड ३ लाख, सशर्त अनुदान रु. ३१ करोड २८ लाख, राजस्व बाँडफाँड रु. ११ करोड १० लाख ९१ हजार, र दहत्तर बहत्तर रु. १ करोड ५० लाख गरी जम्मा रु. ५५ करोड ८४ लाख ९१ हजार रहेको छ ।
त्यसैगरी प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान रु. १ करोड १२ लाख १७ हजार, समपूरक अनुदान रु. २ करोड, ४० लाख, विशेष अनुदान रु. ७० लाख, सशर्त अनुदान रु. २ करोड ६६ लाख २२ हजार र राजस्व बाँडफाँड रु. ५ करोड ७४ लाख १३ हजार ८ सय ९५ गरी जम्मा रु. १२ करोड ६२ लाख ५२ हजार ८ सय ९५ रहेको छ ।
बाँकी रकम नगरपालिकाको आन्तरिक राजस्व, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा अन्य स्रोतबाट व्यवस्थापन गरिने जनाइएको छ। नगरपालिकाले आन्तरिक आय वृद्धि, कर प्रशासन सुदृढीकरण तथा स्रोत व्यवस्थापनमार्फत बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
आगामी आर्थिक वर्षको बजेटले कृषि उत्पादन वृद्धि, स्थानीय सडक तथा पूर्वाधार निर्माण, खानेपानी, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुदृढीकरण, युवा तथा खेलकुद विकास, महिला तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकतामा राखेको नगरपालिकाले जनाएको छ।

सभाले आर्थिक विधयक, विनियोजन विधेयक र राजश्व विधेयक पनि सर्वसम्मत पास गरेको छ ।

नगरपालिकाको नगरसभामा प्रस्तुत गरिएको बजेटमा विकास निर्माण, पूर्वाधार विस्तार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन तथा जनसेवा प्रभावकारी बनाउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।

FB_IMG_1782060139784-1782060182.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...