pani-1786865868.jpg
Monday, 28 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने

FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार
नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ ।
१४ असारमा सम्पन्न नगर कमिटीको बैठकले आगामी असार मशान्तभित्र सबै वडा कमिटीहरुको बैठक बसि निस्कृय रहेका कुनै पनि पदका सदस्यलाई बिदा गरि सम्बन्धित कमिटीले पदपूर्ति गर्ने बाटो खुल्ला गरेको छ ।
बैठकले पार्टी सदस्यता नवीकरणका लागि साउन ७ गतेसम्मको म्याद तोकेको नगर सचिव सुजन कुमार रायमाझीले जानकारी दिनुभयो ।
पार्टी नगर अध्यक्ष सुरेन्द्रमान प्रधानको सभाध्यक्षता एवम् केन्द्रीय सदस्य महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यतामा भएको बैठकले जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्तिको अवसरमा भण्डारीको तस्वीरमा पुष्पगुच्छा अर्पण गर्दै आगामी कार्ययोजनामा ध्यान केद्रीत हुन बर्तौलाले आग्रह गर्नुभयो ।
बैठकले विगतका कार्यक्रमहरुको समीक्षा गर्दै भावी कार्ययोजनामा समेत छलफल गरेको छ । बैठकमा जिल्ला कमिटी सदस्यहरु विमल कुमार ढकाल, हरि गोपाली, नगर उपाध्यक्ष हेम कुमार थिङ, पूर्व प्रदेश कमिटी सदस्य श्यामभक्त श्रेष्ठ, पूर्व जिल्ला कमिटी सदस्य बलराम थापा, प्रदेश युवा तथा खेलकुद विभाग सदस्य विजय बलामी, युवा ६ नम्बर वडा कमिटी अध्यक्ष मनहरी भट्ट, नगर कमिटी सदस्य मानबहादुर स्याङ्तान, ४ नम्बर वडाका कार्यबाहक अध्यक्ष ज्ञानेन्द्र अधिकारी, ५ नम्बर वडा अध्यक्ष विष्णु बहादुर गुरुङ, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष सुमन रायमाझी, नगर सदस्य जितबहादुर थोकर, नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष अशोक खातीलगायतले आफ्नो धारण राख्नु भएको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...